डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या ४ पुग्यो

ट्रेन्डिङ

काठमाडौँ १८ भदौ

डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो । ईडीसीडीका अनुसार ७७ मध्ये हुम्ला र मुस्ताङबाहेकका जिल्लामा सङ्क्रमण पुष्टि भएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । देशभर फैलिएको सङ्क्रमित संख्यामध्ये तीन हजार २२९ जना अर्थात् ४७।३ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमती प्रदेशमा १ हजार ७२३ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८१५ जना, मधेसमा १०६ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ४७४ जना, कर्णालीमा १०५ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ३७९ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ ।

बढी डेंगु सङ्क्रमित भएका दश जिल्ला

ईडीसीडीका अनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित सङ्ख्या छ । सो जिल्लामा ११ सय ४९ जनासंक्रमित छन् । यस्तै, कास्कीमा ७६४ जनामा सङ्क्रमण देखिएको छ भने पर्वतमा ६५७ जना, काठमाडौँमा ५५२ जनामा सङ्क्रमण फैलिएको छ । यस्तै, चितवनमा ५३३ जना, गोरखामा २६२ जना, झापामा १६८ जना, मकवानपुरमा १२५ जना, ललितपुरमा ११९ जना र स्याङ्जामा ११५ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट नै जोगिनुपर्ने चिकित्सक सुझाउँछन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025