अकवरे खुर्सानीबाट लाखौ आम्दानी

ट्रेन्डिङ

NA Media

पाल्पा मा अकवरे खुर्सानी उत्पादन हुने पालिकाको रुपमा रिव्दीकोट गाउँपालिका परिचित हुन थालेको छ । पालिकाका ८ वडाका १ हजार २ सय किसानहरूले अकवरे खुर्सानी खेती गरेका छन् ।

खुर्सानी बिक्रीबाट किसानले न्युनतम ५० हजारदेखी ३० लाखसम्म बार्षिक आम्दानी गर्न सफल भएका छन् । पालिकाका पुर्व अध्यक्ष नारायणबहादुर जिसीले चलाएको अभियानबाट रिब्दीकोट अकवरे खुर्सानीको पकेट क्षेत्र बनेको हो ।

किसानहरूको आयआर्जन बृद्धि गर्न २०७६ सालदेखी किसानहरू अकवरे खुर्सानी खेती थालेका थियो । अहिले किसानको प्रमुख आम्दानीको स्रोत अकवरे खुर्सानी बिक्री बनेकोे छ । गतबर्ष ४ करोडको बिक्री भएकोमा बढेर यसबर्ष ६ करोडको खुर्सानी बिक्री हुने अनुमान रहेको पालिका पुर्व अध्यक्ष नारायण बहादुर जिसीले बताएका छन् ।

पालिका, किसान र रिव्दीकोट अकवरे खुर्सानी उद्योग बीच त्रिपक्षिय सहमति गरी खुर्सानी मुल्य निर्धारण गरिएको छ । अहिले प्रतिकिलो २ सय ६० रुपैयाँमा खुर्सानी बिक्री भएको छ । खेतबारीमा लगाएको अन्नपात बन्यजन्तुल नोक्सानी पुर्याएर हैरान भएका किसानहरूलाई अकवरे खुर्सानी विकल्प बनेको छ । अधिकांश किसानहरूले अन्नवालीको विकल्पमा खुर्सानी खेती थालेका छन् ।

बन्यजन्तुले नोक्सानी पनि नगर्ने र अन्नवाली भन्दा बढी आम्दानी हुने भएकोले खुर्सानी खेतीमा लागेको स्थानीय विनु गौतमले बताइन् । अकवरे खुर्सानीको बीऊमा अनुदान, नर्सरी व्यवस्थापन, रोग किरा नियन्त्रण र मलखाद व्यवस्थापन लगायतका  क्षेत्रमा पालिकाले सहयोग गरेको छ ।

३ बर्षअघि एक रोपनी क्षेत्रफलमा अकवरे खुर्सानी खेती गरेका किसान जिवन रानाले अहिले १२ रोपनी क्षेत्रफलमा खेती गरेका छन् । रानासंगै उनको घरपरिवार खुर्सानी खेतीमा जुटेको छ । रानाले खुर्सानी र तरकारी खेतीबाट मासिक एक लाखसम्म आम्दानी गर्न सफल भएको बताए ।

मिहेनत गरेमा मासिक एक लाख कमाउन विदेश जानु नपर्ने अनुभव अर्को किसान लक्ष्मण प्रसाद आचार्यको रहेको छ । २ हजार बोटमा करिब २ हजार किलो खुर्सानी उत्पादन हुने जसबाट करिब ५ लाख आम्दानी गर्न सकिने उनले बताए । अकबरे खुर्सानीको व्यवसायिक उत्पादन सफल भएपछि रिब्दीकोटका किसानहरूको बलियो आम्दानीको स्रोत बनेको छ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025