अक्टोबर देखि रियाद,दोहा, कुवेतमा पनि नियमित उडान हुने

मङ्लबार, अशोज ६, २०७७

अक्टोबर देखि रियाद,दोहा, कुवेतमा पनि नियमित उडान हुने

सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु साउदी अरेबियाको रियाद,कतारको दोहा, र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ ।

यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडीका दोहा,कुवेद र रियादमा पनि नियमित उडान गर्ने बताएको हो ।यसअघि सेप्टेम्बरका लागि मात्र उडान तालिका सार्वजनिक भइ अहिले उडान भइरहेको छ । यसअघि सरकारले पीसीआर जाँच सहज नभएको भन्दै कतार, कुवेत र साउदीमा नियमित उडान रोकेको  थियो

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ ।थप भएको उडान तालिकाअनुसार रियादबाट हिमालय एयरलाइन्स,दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्स र कुवेतबाट जजिरा एयरवेजले  नियमित उडान गर्ने जनाइएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::