अत्यावश्यक बाहेक साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा राेक

बिहिबार, साउन १५, २०७७

अत्यावश्यक बाहेक साँझ ७ देखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेशमा राेक

काठमाडौं भित्रने नाकामा नमुना संकलन गरि परीक्षण गर्दा धेरैलाई कोरोना पोजेटिभ देखिएपछि गृह मन्त्रालयले उपत्यका प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले विज्ञप्ती निकालेर अत्यावश्यक र ढुवानी सेवाबाहेक अन्यलाई अर्काे सूचना जारी नभएसम्म साँझ ७ बजे देखि बिहान ७ बजेसम्म यात्रुहरुको आवागनलाई पूर्ण रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ ।

यस्तै अन्तरजिल्ला सवारी आवागमनका लागि पास जारी नगर्न पनि सबै प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । स्वास्थ्यमन्त्रालयले देशको संक्रमणको अवस्था बुझ्न मुख्य तीन नाकामा यात्रुहरुको नमुना परीक्षण गरि परीक्षण गर्दा हालसम्म २४ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

साँगा, फर्पिङ र थानकोट नाकामा ८ हजार ४०१ नमुना संकलन भएकोमा ३ हजार ४४४ जनाको परीक्षण गर्दा २४ जनालाई पाजेटिभ देखिएको थियो । अन्यको रिपोर्ट आउन बाँकी छ । मन्त्रालयले पहिलो चरणमा काठमाडौं भित्रने १० हजार यात्रुको पीसीआर परीक्षण गर्ने बताएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::