अनिद्राले निम्त्याउने समस्याहरु

मङ्लबार, भदौ ३१, २०७६

अनिद्राले निम्त्याउने समस्याहरु

मानव शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउने गर्छ । निद्रा राम्ररी पूरा नहुनु वा सुत्न राम्ररी नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । अनिन्द्रा ले मुख्य त् निम्न समस्याहरु ल्याउन सक्छ, पाचन प्रणालीसम्बन्धी समस्या पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्रा कारणले मानसिक तनाव भई पाचन प्रक्रियामा ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्छ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ । मधुमेह अनिद्राको कारणले कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्मोनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र निरन्तर यसो हुँदै गएमा मधुमेहको जोखिम बढ्छ । मुटुरोग अनिद्राका कारण उच्च रक्तचापको समस्या देखिने गर्छ । जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्नेछ । मानसिक समस्या अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छन् । दिनचर्यामा परिवर्तन अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::