अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय सीमा नाका ७ साउनसम्म बन्द

सोमवार, असार १५, २०७७

अन्तर्राष्ट्रिय उडान र अन्तर्राष्ट्रिय सीमा नाका ७ साउनसम्म बन्द

सरकारले आगामी ७ साउनसम्म आंशिक रूपमा खुलाइएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म अहिलेकै अवस्थाको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाभित्र केही दिनयता कोभिड–१९ सक्रमितहरूको संख्या देखिँदै गएको र अझ बढ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै अहिलेकै लकडाउनलाई निरन्तरता दिने निर्णय भएको हो । श्रोत का अनुसार ‘काठमाडौं उपत्यकाभित्रै संक्रमणदर बढ्न सक्ने संकेत देखिएकाले स्वास्थ्यसम्बन्धी प्रोटोकललाई थप कडाइ गर्दै अहिलेकै आंशिक लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिने निर्णय भएको हो,’।

त्यस्तै, अन्तर्राष्ट्रिय सीमानाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय भएको ती मन्त्रीको भनाइ छ । यो निर्णयसँगै तत्कालका लागि सार्वजनिक यातायातका सवारी साधन नखुल्ने भएको छ ।यसअघि सरकारले २८ जेठमा कोरोना नियन्त्रण र रोकथामका लागि गरेको कठोर लकडाउन खुकुलो बनाउने निर्णय लिएको थियो ।

उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले तीन चरणमा लकडाउन खुकुलो पार्ने योजना बनाएको थियो, जसअनुसार पहिलो चरण २१ दिन, अवस्था हेरेर दोस्रो चरण १५ दिन र थप १५ दिन तेस्रो चरण गरी लकडाउन पूर्ण रूपमा खुला गर्ने भनिएको थियो ।

त्यसबाहेक जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालन गर्ने गरी जनजीवन सामान्यीकरण गर्न कृषि, उद्योग–व्यवसाय, रोजगारी, निर्माण र सेवालगायतका क्रियाक्रलाप क्रमशः खोल्दै जाने सरकारको नीति थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::