अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु गर्न अन्तर संस्था समन्वय समिति,साउदी अरबको माग,ध्यानाकर्षण पत्र बुझायो

शनिबार, जेष्ठ २२, २०७८

अन्तर्राष्ट्रिय हवाई सेवा सुचारु गर्न अन्तर संस्था समन्वय समिति,साउदी अरबको माग,ध्यानाकर्षण पत्र बुझायो

अन्तर संस्था समन्वय समिति,साउदी अरब ले कोरोना संक्रमणको कारण ले हाल अन्तर्राष्ट्रिय उडान बन्द रहंदा भिषा अबधी समाप्त भएर पनि नेपाल जान नपाई समस्यामा रहेका,बार्षिक छुट्टीमा जाने समय भएका तर जान नपाएका साथै   छुट्टी मा नेपालमा रहेका र उडान नहुँदा फिर्न समस्या भएका  तथा नयाँ रोजगारीमा आउँन चाहनेहरु ले  भोग्दै गरेको  समस्या लाई मध्यनजर राख्दै यथासक्दो चाडो उडान सुचारु गर्न नेपाली दुताबास मा ध्यानाकर्षण पत्र बुझाएको छ पत्रको बोधार्थ श्रम तथा बैदेशिक रोजगार बिभाग,पररास्ट्र मन्त्रालय तथा संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय लाई दिइएको छ।ध्यानाकर्षण पत्रमा सम्बन्धित देशका सरोकारवाला निकाय सँग समन्वय र समझादारी कायम गरी विश्व स्वास्थ्य संगठन (WHO) र साउदी अरबको स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी सबै किसिमका मापदण्ड परीपालन गराउदै यथासक्य चाडो अन्तरराष्ट्रिय हवाई सेवा सुचारु गर्न माग गरिएको छ  ।
अन्तर संस्था समन्वय समिति,साउदी अरब ले बुझाएको ध्यानाकर्षण पत्र 
मिती: २१ जेष्ठ २०७८
 
महामहिम प्रा. डा. महेन्द्र सिङ राजपुत ज्यू
नेपालि दुताबास रियाद 
साउदि अरब
 
ध्यानाकर्षण पत्र
 
विश्वलाई आतंकित बनाई रहेको कोरोना (कोभिड-१९)भाईरसको दोस्रो लहर तिब्र गतिमा फैलिए संगै हाम्रो मातृभूमी नेपाल पनि अछुत्तो रहेन त्यो संगै नेपाल सरकारले आम जनता माथि छिटो संक्रमण फैलन नपाओस भन्ने उदेश्यका साथ देशका सबै क्षेत्रमा आवतजावत पूर्णरुपमा निषेध गर्ने निर्णय गरी गत १६ बैशाख २०७८ बाट निशेध्याज्ञा जारी गरियो । विश्व स्वास्थ्य संगठन (WHO) र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरिएको मापदण्ड अनुसार आफु बच्ने र अरुलाई पनि बच्चाउने सुरक्षा सतर्कता सहित सावधानीका उपाय हरु अपनाई घर मै बसी संक्रमण फैलिन नदिन गरिएको निषेध्याज्ञा जारी गरिए पछी सबै किसिमको क्षेत्रमा प्रभाव पर्यो त्यस मध्यको सबै भन्दा पिडा र जोखिममा भने बैदेशिक रोजगारी बाट घर बिदामा स्वदेश फर्किएका श्रमजिवी बर्गहरु पर्यो किनकी सरकारले जारी गरिएको निषेध्याज्ञाले सबै अन्तरराष्ट्रिय उड्डानहरु बन्द भएर घर बिदामा गएका नेपाली श्रमिकहरु रोजगारदाता मुलुक फर्कन पाएका छैनन कतिको भिसाको अवधी सिधी सक्यो भने कतिको सकिन लागि रहेकोछ यस परिस्थितिलाई मध्यानजर गर्दै साउदी अरबबाट घर बिदामा गएकालाई गन्तब्य मुलुक सम्म ल्याउने तथा बिभिन्न समस्यामा परि रोजगार गुमाएर स्वदेश फर्कन हवाई उडान खुल्ने प्रतिक्षामा रहेका सयौ मजदुर हरुको समस्या समाधान र निरोपण गर्नको लागि सम्बन्धित देशका सरोकारवाला निकाय सँग समन्वय र समझादारी कायम गरी विश्व स्वास्थ्य संगठन (WHO) र साउदी अरबको स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी सबै किसिमका मापदण्ड परीपालन गराउदै यथासक्य चाडो अन्तरराष्ट्रिय हवाई सेवा सुचारु गरी श्रमजिवी बर्गहरुको रोजगार सुरक्षित गराई पाउन को लागि यो ध्यानाकर्षण पत्र पेश गर्दछौ ।
धन्यवाद
 
बोधार्थ  :
 
श्रम तथा बैदेशिक बिभाग, काठमान्डौ नेपाल
परराष्ट्र मन्त्रालय, काठमान्डौ नेपाल
संस्कृती, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, काठमान्डौ

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::