अन्तर संस्था समन्वय समिति,साउदी अरब ले राजदूत को बिदाई गर्यो

शनिबार, जेष्ठ २२, २०७८

अन्तर संस्था समन्वय समिति,साउदी अरब ले राजदूत को बिदाई गर्यो

उडान सुचारु गर्न सरकारलाई गर्यो ध्यानाकर्षण पत्र हस्तान्तरण .....

अन्तर संस्था समन्वय समिति,साउदी अरब ले साउदी का लागी नेपाली राजदुत प्रा.डा महेन्द्र सिंह राजपुत को बिदाई गरेको छ।राजदुत सिंह को ४ बर्षे कार्यकाल जेष्ठ १९ गते पुरा भएको ले  स्वदेश फिर्ता हुने  क्रममा छन  ।

नेपाली राजदुताबास को प्राङ्गणमा  राजदुत सिंहको बिदाई कार्यक्रम आयोजना  गरिएको थियो ।अन्तर संस्था समन्वय समिति,साउदी अरब का अध्यक्ष कृष्ण पुरी को अध्यक्षतामा सम्पन्न  कार्यक्रम को संचालन समितिका सचिब सुर्य श्रेष्ठ ले गरेका थिए ।कार्यक्रममा समितिका अध्यक्ष कृष्ण पुरी,प्रमुख  सल्लाहकार खेम गुरुङले दोसल्ला ओढाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

बिदाई कार्यक्रममा कोरोना महामारीका कारण बन्द उडान पुन: सुचारु गर्न नेपाली राजदूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण पत्र हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण पुरी ले  ४ बर्षे कार्यकालमा नेपाली श्रमिकहरु लाई केन्द्रमा राखी इमान्दारीपूर्वक कार्य गरेको स्मरण गर्दै राजदुत सिंहको सफल कार्यकालको लागि बधाई दिदै आगामी जीवन सुखमय होस् भन्ने कामना गरेका थिए ।

कार्यकममा मन्तब्य राख्दै राजदुत सिंह ले ४ बर्षे कार्यकालमा इमान्दारीपूर्वक भूमिका निभाउन प्रयास गरेको जनाउदै  समुदाय,संघ संस्थाको सहयोग ले विभिन्न कठिनाईका बाबजुत नेपाली श्रमिकहरुको हितमा निर्णय लिन उत्प्रेरणा दिएको जनाउदै सबैमा धन्यवाद ज्ञापन गरेका थिए।

समिति का प्रमुख सल्लाहकार तथा  तमु धी साउदीका अध्यक्ष खेम तमु, नेपाल मगर प्रवास शाखा अध्यक्ष बम थापा ,किराया साउदीका महासचिव रविन थुलुङ राई ,नेपाली साझा मन्चका अन्जान गुभाजु र चन्द्र नारायण शाह , प्रवासी युवा सहयोग मन्चका संतोष फुयाल, हेल्प मधेसीका राम दुलार मन्डल ,प्रमोद मन्डल ,प्रवासी नेपाली युवा समुहका खुम ब मगरले आआफ्नो संस्थागत रुपमा शुभकामना तथा बिदाई मन्तब्य राखेका थिए ।

सन् २०१७ मा सिंह राजदुतको रुपमा नियुक्त भएका थिए। चार बर्षे कार्यकालमा कूटनीतिक क्षेत्र,श्रमिक वर्गको हित प्रेरित कार्यमा सिंह ले सकारात्मक पहल गरेको देखिन्छ।न्युनतम पारिश्रमिक निर्धारण,कोभिडकाल मा नेपाली श्रमिकहरु को स्वदेश फिर्तिमा पहलकदमी लगायत साउदी बिकास फन्ड बाट ३ अर्ब भन्दा बढीको आर्थिक सहयोग साथै उच्च स्तरीय सम्बन्ध विस्तारमा बिशेष ध्यान दिएका थिए ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::