प्रधानमन्त्री ओली पनि ‘टिकटक’ मा

सोमवार, मंसिर १५, २०७७

प्रधानमन्त्री ओली पनि ‘टिकटक’ मा

प्रधानमन्त्री केपी शर्मा ओलीले लाेकप्रिय भिडियाे शेयरिङ एप 'टिकटक' मा खाता खाेल्नुभएकाे छ ।

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उहाँकाे खाता 'भेरिफाइड' समेत भइसकेकाे छ ।उहाँले टिकटकमा राख्नुभएकाे भिडियाेलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् ।

त्याे भिडियाेलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएकाे छ ।उहाँकाे खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलाे गरेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::