अमेरिकाको राष्ट्रपतिमा जो वाइडेनको जित संसदबाट प्रमाणित

बिहिबार, पुस २३, २०७७

अमेरिकाको राष्ट्रपतिमा जो वाइडेनको जित संसदबाट प्रमाणित

अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेको प्रमाणित गरेको छ। बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए।

आज बसेको बैठकले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अवरुद्ध गरेपछि दोस्रोपटक बसेको बैठकले वाइडेनको जित प्रमाणित गरेको हो। यससँगै वाइडेनका लागि ह्वाइट हाउसमा प्रवेश गर्ने बाटो खुलेको छ। वाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा सपथ लिनेछन्। यससँगै कमला ह्यारिस पनि उपराष्ट्रपति पदमा अनुमोदित भएकी छिन्।

सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो। स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनले जितेको प्रमाणित गरेको हो।

उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::