अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत, सन्दीपले मात्र लिए ६ विकेट

बुधबार, माघ २९, २०७६

अमेरिकाविरुद्ध नेपालको कीर्तिमानी जीत, सन्दीपले मात्र लिए ६ विकेट

आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत आज भएको खेलमा नेपालले दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य नेपालले ५।२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालका लागि पारस खड्काले ३ चौका र एक छक्काको मद्दतमा २० रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले २ चौका र एक छक्काको मद्दतमा १५ रन बनाए ।

झिनो लक्ष्य पुरा गर्न नेपालले शूरुवाती २ विकेट गुमाएको थियो । जसमा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा र सुवास खकुरेल शून्य रनमा आउट भएका थिए । नेपालविरुद्ध अमेरिकाका नोस्थुस केन्जीगेले २ विकेट लिएका थिए ।

यसअघि १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको थियो । अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशनले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::