अमेरिकी राष्ट्रपति ट्रम्प ले पनि मास्क प्रयोग गर्न थाले

आइतवार, असार २८, २०७७

अमेरिकी राष्ट्रपति ट्रम्प ले पनि मास्क प्रयोग गर्न थाले

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारी सुरु भएयता पहिलो पटक सार्वजनिक रूपमा मास्क लगाएका छन्।घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर अवस्थित वाल्टर रीड सैनिक अस्पताल जाँदा राष्ट्रपति ट्रम्पले मास्क लगाएका हुन्।

उनले भने, "म कहिल्यै मास्क लगाउने कुराको विपक्षमा थिइनँ। तर समय र ठाउँअनुसार त्यसको प्रयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो।"यसअघि उनले आफूले मास्क नलगाउने बताएका थिए र डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गरेका थिए तर शनिवार उनले भने, "तपाईँ अस्पतालमा रहँदा, विशेषगरी जहाँ तपाईँ थुप्रै सैनिक र मानिसहरूसँग कुरा गरिरहनु भएको छ, मलाई लाग्छ, मास्क लगाउनु राम्रो कुरा हो।"

अप्रिल महिनामा अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी) ले भाइरसको विस्तार रोक्ने काममा सहयोग पुर्‍याउन मानिसहरूलाई मास्क वा कपडाले मुख छोप्न सिफारिस गर्दा ट्रम्पले आफूले त्यसको अनुसरण नगर्ने संवाददाताहरूलाई बताएका थिए।केही सञ्चारमाध्यमले राष्ट्रपतिका सल्लाहकारहरूले उनलाई सार्वजनिक स्थानमा मास्क लगाउन बारम्बार आग्रह गरेको उल्लेख गरेका थिए।

अमेरिकाको वर्तमान अवस्था के छ?

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु भएको छ।त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या ३२,४५,००० भन्दा बढी छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::