
शुक्रबार, असार १७, २०७९
एन.मिडिया न्युज डेस्क
अविरल वर्षाको कारण धन्सार भत्किदा स्याङ्जामा एक किसोरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं.१० डुविनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्कदा उहाँकी छोरी १२ बर्षीय रेखा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिब बहादुर बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान साढे ६ बजे धन्सार भत्कदा घाईते भएकी भट्टराईलाई उपचारका लागि गल्याङ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि १६ वर्षीय लक्षमण भट्टराई घाइते हुनु भएको छ । गोठ भत्किदा १ लैनोभैसी, २ वटा पाठा पुरिएरको स्थानीयबासी गुरु प्रसाद खनालले जानकारी दिनुभयो ।
अविरल बर्षाका कारण जिल्लाका अधिकांश ग्रामणि सडक अवरुद्ध भएकाछन् भने जनजीवन पनि प्रभावित भएको छ ।
स्रोत : गल्यांग टेलीभिजन स्याङ्जाCopyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया