अवैध सम्बन्धले भित्र्याएकाे डरलाग्दाे विकृति

आइतवार, साउन ३२, २०७७

दुर्गा प्रधान

अवैध सम्बन्धले भित्र्याएकाे डरलाग्दाे विकृति

हत्या, हिंसा यसलाई राेक्न सकिने कुनै उपाय छैन ?

हाम्रो समाजमा अवैध सम्बन्धले दिनदिनै जरा गाडिरहेको छ। यसलाई राेक्ने वा कम गर्दै जाने कुनै उपाय छैन ? अनि यति धेरै अवैध सम्बन्ध बढ्नुमा काे बढि जिम्मेवार छ ? श्रीमान – श्रीमती, समाज, उच्च महत्वाकांक्षा या याैन ?

भलै विभिन्न कारण हाेला तर गहिरिएर साेच्दा चाहिँ याे पाटाे दिनदिनै विकराल बन्दैछ । घर, परिवार, समाज कसैलाई पनि ढुक्कले विश्वास गर्न नै नसकिने अवस्था सिर्जना भएको छ। के यस्ता अवैध सम्बन्धले सन्तुष्टि देला त ? केही क्षणकाे आवेशले घरपरिवार र समाजले हेर्ने दृृृष्टिकोण फरक हुन्छ। किन साेच्दैनन् ? किन बुझ्दैनन् र बुझाउॅदैनन् पनि किन हाेला ? कि अवैध सम्बन्ध राखेर रमाउनेहरूले जीवन र जगतकाे अलिकति पनि हेक्का राख्नुपर्दैन ? साेचनीय कुरा छ ! उनिहरूकाे आवेश र आवेगले गर्दा घरपरिवार बालबच्चा भएकाहरूलाई मानसिक तनाव कति हुॅदाे हाे ? एकपटक साेचाैॅ त त्यहि पनि हामी हिन्दु संस्कारमा हुर्केका बढेकाहरू त अलिकति धर्मकर्ममा पनि विश्वास राख्छाै ।

हिन्दु धर्मले त यस्ता कुराहरू बन्चित नै गरेकाे छ । तर पनि मान्छेहरू आखिर के काे लागि यस्तो मरिहत्य गर्छ्न् । यो चासाेकाे विषय पनि हाे ! किन ? साेच्दैनन् कि परिवार घरबाट खुशी मिल्छ भनेर आखिर लुकाएर राखेकाे सम्बन्धले एकदिन पर्दा फास गरेरै छाड्छ धेरै उदाहरणहरू छन हाम्रो समाजमा याे साेचनीय कुरा छ । यति थाहा हुॅदाहुॅदै पनि किन यस्ता विकृतिहरू भित्रीन्छ समाजमा यसलाई निर्मुल बनाउन प्रेरित गर्न सकिने कुनै उपाय छैन ? किन सकारात्मक साेच राख्दैनन् यी समाजमा भएका अबैध सम्बन्ध राख्नेहरूले, कसरी फॅस्छन कसरी फॅसाईन्छ ? आजकल त झन फॅस्ने फॅसाउने दुवैलाई थाहा छ, परिवार छ, बालबच्चा छन् तर पनि लुकिछिपि अबैध सम्बन्ध राख्छन् ।

याैन असन्तुष्टि अनि विलासितामा जीवन विताउनलाई आर्थिक रकम संकलन कस्ताे विडम्बना छ ! मिलेसम्म लुटपाट गर्ने अनि पछि फेरि हिंसा भन्ने, हुॅदासम्म लुटाउने अनि सकिए पछि लुटिए भनेर आफ्नै परिवासॅग गुनासाे जे जे पनि त्यहि अपहेलना र बेवास्था गरिएकाे परिवारले नै पुन: ब्यहाेर्नु पर्ने यस्ता उदाहरणहरू अहिले समाजमा डरलाग्दाे भाईरस भईरहेकाे छ ।

केटा मान्छेलाई झन दाेहाेराे भार आर्थिक त छॅदैछ । अनि भावनाकाे लगानी गर्छ्न्, भावनामा नै बहकिन्छन्, रकम कलम भएकाे ईज्जत् हरण सकिन्छ, उस्तै परे त ज्यान नै खतरामा हुने देखिन्छ । तर पनि साेच्दैनन्, महिला भए त अलिकति अवैध सम्बन्धलाई घरपरिवारमा गाेप्य राखे मात्र पनि पुग्ने देखिन्छ अहिलेकाे स्थितिमा तर गाेप्यता कहिले सम्म त ? नराम्रो सम्बन्धकाे परिणाम नराम्रो नै हुने हुॅदा सॅधै गाेप्य रहॅदैन, थाेरैले यस्ता सम्बन्ध ब्यहाेर्दा रहेछन् धेरै सम्बन्ध सक्ने शिलशिलामा हत्या नै गरेका घटनाहरू दिनदिनै बाहिरिएका छन् । तर पनि सुधार हुने स्थिति देखिॅदैन, कति अबैध सम्बन्ध त घर परिवारलाई थाहा छ । आफ्न्तकाे साईनाे लगाउॅछन् आउने जाने सबै देखिन्छ तर पनि तिनिहरू अबैध सम्बन्ध राख्छन् विश्वास गर्न नै गाह्राे सम्बन्ध प्रगाढ देखिन्छ, तर भित्री रहस्य र पीडा कति कति त्याे त भाेग्ने मान्छेकाे मन मात्र साक्षि हुॅदाे हो । कस्ताे विडम्बना ?

किन यसरी समाजका मान्छेहरू बरालिन्छन सम्पन्नता भएपछि आफ्ना विगत र सुख दु:खमा साथ दिएका परिवार भुल्ने गलत बाटाेमा लाग्छन् त एक छिन गम्भीर भएर साेच्न मन लाग्छ । हुन त मान्छेहरू बिग्रनुमा बढि चाहिँ अनावश्यक कमाई पनि हाे कि ? भन्छन् नी मान्छेलाई पैसाले त गलत प्रयाेग भयाे भने त बद्नाम नै गरिदिॅदाे रहेछ । सम्पन्नता भित्र विपन्न भएका मान्छेहरूसॅग बाॅडेर खाने भन्दा पनि नराम्रो काममा नै गलत प्रयाेग गरेकाे देखिन्छ समाजमा तर विपन्नमा जहिले पनि बच्ने र बचाउने साेच आउॅदाे रहेछ । कति उदाहरण छन् हाम्रो समाजमा त्यसैले अवैध सम्बन्धले क्षणिक आनन्द त देला तर आत्मा सन्तुष्टि कहिल्यै दिॅदैन र परिणाम पनि नराम्रो नै आउॅदाे रहेछ । यति सम्म कि हत्या, हिंसा नै भईरहेका छन्, हुन त कतिकाे बाध्यता पनि हाेलान् तर थाेरै बाध्यता हाेलान् त कतै भावनामा बहकिएर पनि अबैध सम्बन्ध राखेका हुन् कि, गम्भीरता पुर्वक साेच्न जरूरी छ ।

तर धेरै चाहिँ अहमता र महत्वाकांक्षा नै भन्छु म, सम्पन्नता काे लगानी पनि हेरेर बुझेर गराै । यदि सम्पन्नता लगानी गलत ठाउँमा पर्यो भने जीवनको केही समय आर्थिक रुपले तनावमय हुन्छ । यदि भावनामा बगेर अवैध सम्बन्ध राख्दै गरेकाे लगानीले मान्छेलाई हाेस आए पछि जीन्दगीभर भावनात्मक पीडा भोग्नु पर्छ । समयसंगै पैसाको मात्र होइन भावनाको पनि सेयर बजार घटेको छ चेतना भया, र जथाभावी भावनाको लगानी नगरेकै राम्रो ।

सचेत रहाै ! आफु सहि हुँदै सहि सम्बन्ध र सहि काममा लागाै। घर परिवार समाज सबैकाे अगाडि सकेसम्म सम्मानित जीवन जिउने काेसिस गराै ।।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::