आँखा चिलाउने र पोल्ने समस्याबाट बच्ने केही उपायहरु

सोमवार, बैशाख १०, २०७५

आँखा चिलाउने र पोल्ने समस्याबाट बच्ने केही उपायहरु

आँखा हाम्रो शरीरको एउटा मुख्य भाग हो । आँखा शरीरको बाहिरि अंग भएकोले पनि आँखामा चाडै समस्या आउने हुन्छ । साथै अहिलेको समयमा कम्पिउटर र मोबाइल चलाउनेको कुनै कमि छैन । धेरैबेर कम्प्युटरमा काम गर्दा वा आँखामा धूलो पर्दा पोल्न थाल्छ र आँसू आउँछ । यस्ता कारण हरुले गर्दा आँखाको समस्या बढ्दो देखिन्छ ।

यसबाट बच्न  उपाय यसप्रकार छन् :

१) गुलाफपानी : आँखाबाट आँसू चुहिरहन्छ भने चिसो पानीमा अलिकति गुलाफपानी हालेर आँखा धुनुस् । यसअतिरिक्त गुलाफपानीलाई आई ड्रप जसरी प्रयोग गर्न पनि सक्नुहुनेछ ।

२) काँक्रो : काँक्रो खाँदा शरीरलाई चिसो हुन्छ र आँखा पोल्ने अनि चिलाउने पनि हट्छ । यसका लागि काँक्रोको पातलो टुक्रा पार्नुस् र १५ देखि २० मिनेटसम्म फ्रीजमा राख्नुस् । अब यसलाई निकालेर आँखामा १० मिनेटसम्म राख्नुस् । दिनमा तीनचारचोटि यसो गर्दा आँखाले आराम पाउँछ र कालो घेरा पनि बन्न पाउँदैन ।

३) चिसो पानी : एउटा सफा कपडालाई चिसो पानीमा भिजाएर आँखामा राख्नुस् । यसो गर्दा आँखालाई चिसो पुग्छ । दिनमा धेरैचोटि यो प्रक्रिया दोहो–याउनुस् । आईसक्यूबले पनि आँखा सेक्न सकिन्छ ।

४) ग्रीन टी : एक कप पानीमा ग्रीन टीका दुईवटा ब्याग हालेर उमाल्नुस् र यो पानीलाई चिसो हुनका लागि फ्रीजमा राख्नुस् । चिसो भएपछि यसको पानीले आँखामा दिनको दुईचोटि धुनुस् । यसो गर्दा आँखा ताजा हुन्छ र पोल्ने पनि कम हुन्छ ।

५) दूध : अलिकति कपासलाई चिसो दूधमा भिजाएर आँखावरिपरि रगड्नुस् । यसबाहेक दूधमा भिजेको कपास आँखामाथि राख्न पनि सक्नुहुन्छ । दिनमा दुईचोटि यसो गर्दा आँखालाई चिसो हुन्छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::