आँधीखोला कृषि तथा पशुपालन कम्पनीको संस्थापक सेयर को लागी सार्वजानिक आब्ह्वान, नेपाली दुतावास रियादले गर्यो प्रशंसा

मङ्लबार, पुस ८, २०७६

एन ए मिडीया न्युज डेस्क

आँधीखोला कृषि तथा पशुपालन कम्पनीको संस्थापक सेयर को लागी सार्वजानिक आब्ह्वान, नेपाली दुतावास रियादले गर्यो प्रशंसा

दम्माम, साउदी अरब।

साउदी अरबमा रहेका स्याङ्जालीहरुको सामुहिक प्रयासमा संचालन हुन लागीरहेको आँधिखोला कृषि तथा पशुपालन कम्पनीले बिदेश र स्वदेशमा रहेका अधिकतम स्याङ्जालीहरु लाई समेट्ने गरि ४५ दिने म्याद राखेर संस्थापक सेयरको सार्वजानिक आब्ह्वान गरेको छ।

यसै बिषयमा एन ए मिडीया सँग कुरा गर्दै सोही कम्पनी तदर्थ समिती संयोजक राजु सैयदले बिज्ञ टोली बाट डिपिआर तयारीको प्रकृया शुरु भईरहको साथै जग्गा छनौट प्रकृया पनि एक समिति बनाई शुरु भैसकेको बताए। स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका, बालिङ नगरपालिका, गल्याङ नगरपालिका तथा फेदिखोला गाँउपालिकाको जग्गाहरु प्रस्तावमा आई सकेका तथा थप अन्य केही ठाँऊहरुमा जग्गा हेरेपछि बिज्ञ टोलीहरु बाट परिक्षण गराई स्थान निर्धारण गर्नै पनि संयोजक सैयदले बताए।

कम्पनी दर्ता गर्नको लागी केही प्राबधान पुरा गर्नु पर्ने भएकाले संस्थापक सेयर होल्डर को सार्वजानिक आब्ह्वान गरिसकेकोले अब ४५ पछि मात्र कम्पनी दर्ता प्रक्रिया शुरु हुने जानकारी दिए। डिपीआर र जग्गा छनौट प्रक्रिया तिब्र रुपमा अगाडी बढेको बताउदै यो ४५ दिने अबधिमा यो काम टुङ्गो लगाईसक्ने पनि संयोजक सैयदले एन ए मिडीयालाई जानकारी दिए।धेरै भन्दा धेरै स्याङ्जालीहरु लाई आफ्नो बिशाल परियोजनमा आबद्द हुन पनि एन ए मिडिया मार्फत आग्रह गरे।

यसै बिषयमा नेपाली दुतावास रियादले स्याङ्जालीहरुको यो पहलको प्रशंसा गर्दै आज एक बिज्ञप्ती जारी गरेको छ। दुतावासको आधिकारीक फेसबुक पेज मार्फत जारी उक्त बिज्ञप्तीका अनु़शार स्वदेशमै सजिलै उत्पादन हुने कतिपय कृषि उपजहरुको आयातमा कमि आउने, स्थानीय स्तरमा रोजगारीका अवसर सृजना हुने एवं स्थानीय निष्कृयमानव र आर्थिक पूजिसमेत परिचालन हुनेहुंदा मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्न जाने निश्चित छ । नेपाली राजदूतावास उहांहरुको यो प्रयासको सरहना गर्दै सफलताको शुभकामना दिन चाहन्छ र यस्ता प्रयासहरुमा सहयोग र समन्वय गर्न राजदूतावास तयार रहेको पनि उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ।

मुलुकका विभिन्न जिल्लाबाट साउदी अरबमा आइ रोजगार तथा व्यवसाय गरि बस्नुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि आफूले वडो मिहेनत गरी आर्जन गरेको आम्दानीलाई सम्भव भएसम्म संगठित हिसावले आ-आफ्ना जिल्ला र क्षेत्र तथा स्वदेश भित्रका जुनसुकै उपयुक्त स्थानमा लगानी गरि थप आय आर्जन गर्न एवं मुलुकमा रोजगारीका अवसर सृजना गर्ने कार्यमा लाग्नुहुन राजदूतावास हार्दिक अनुरोध छ । कृषि र पशुपालनका क्षेत्रमा लगानी गर्दा यसले स्थानीय पूजि परिचालनमा समेत सकरात्मक योगदान पुर्याउने एवं सानो पूजिबाट समेत यो व्यवसाय गर्न सकिने भएकाले पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी सहज देखिन्छ । कृषि क्षेत्र मुलुकको विकासका लागि महत्वपूर्ण क्षेत्र समेत रहेको छ।-पनि उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ।

स्याङ्जा जिल्लाबाट साउदी अरबआइ विभिन्न पेशा व्यवसायमा क्रियाशिल स्याङ्जालीहरुको पहलमा विदेश वसाइका क्रममा आफूले सिकेको ज्ञान र सीप तथा गरेको वचतबाट उक्त जिल्लामा कृषि र पशुपालन व्यवासयमा लगानी गरी जिल्लामा रोजगारीका अवसर सृजना गर्ने, युवाजनशक्ति पलायन हुनबाट रोक्ने प्रयास गर्ने तथा भावीपुस्तालाई समेत उद्यमशीलताका बारेमा शिक्षित गराउने तथा लगानीबाट आय आर्जन गर्ने उदेश्यले यो कम्पनी शुरु गरिएको हो।

नेपाली दुतावास, रियादको बिज्ञप्ती

       

आँधिखोला कृषि तथा पशुपालन फार्मको बिज्ञप्ती

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::