‘आईफोन १४ प्रो’ मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने

सोमवार, असार ६, २०७९

‘आईफोन १४ प्रो’ मा ए१६ चिप, १६ मिनेटमै ५० प्रतिशत ब्याट्री चार्ज हुने

आईफोनको इतिहासमा पहिलो पटक एप्पलले आफ्ना नयाँ आईफोनमा फरक चिपसेट जेनेरेसनहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

बजारमा सार्वजनिक हुने तयारीमा रहेको आईफोन १४ सिरिजका फोनहरूको विषयमा विभिन्न जानकारी बाहिरिने क्रम जारी छ ।यसैबीच आईफोन १४ को पर्फर्मेन्स स्पिडलाई लिएर नयाँ जानकारी बाहिरिएको छ । प्राप्त जानकारी अनुसार एप्पलको नयाँ ए१६ चिप अब प्रो मोडेलहरूमा मात्र नभई अरु मोडेलमा पनि उपलब्ध गराइनेछ ।

२०२१ मा सार्वजनिक गरिएको ए१५ को तुलनामा ए१६ चिपसेटको पर्फर्मेन्स निकै नै छिटो हुने बताइएको छ ।

ए१५ को तुलनामा ए१६ को सीपीयू ४२ प्रतिशत छिटो हुनेछ भने जीपीयू ३५ प्रतिशतले छिटो काम गर्ने दाबी छ । यसले गर्दा यो चिपसेट भएको फोनले कति फास्ट काम गर्नेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यसैगरी ब्याट्रीको क्षमता पनि वृद्धि हुने बताइएको छ । बाहिरिएको जानकारी अनुसार आईफोन १४ प्रो को मोडेलहरूको फोन १६ मिनेटमा नै ५० प्रतिशत चार्ज हुने बताइएको छ भने ब्याट्री टिक्ने क्षमता पनि दुई घण्टा बढिले वृद्धि गरिएको बताइएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::