आज बुध्द जयन्ति रे,बुध्द सँगै खोजनु छ !

बिहिबार, बैशाख २५, २०७७

मातृका ढुङ्गाना

आज बुध्द जयन्ति रे,बुध्द सँगै खोजनु छ !

  • आज बुध्द जयन्ति रे,बुध्द सँगै खोजनु छ !
  • तिम्रा अमुल्य शुत्र को,ब्याख्या खोजी रोजनु छ !
  • "न परेसं बिलोमणि नपरेसं कता कतं !
  • अतनोव अवेखेयो :कतानि अकतानि च:!
  • " दोस्राको दोष देखने,दोस्राकै बारे सोचने !
  • दोस्राकै बारेमा मात्र गुण दोष केलाउने !
  • यही ठुलो पाप हुन्छ,यही पाप पखालनु !
  • समय नै महान हो,समयलाई नफालनु !
  • आँफु भित्र गई पस्नु,आफैलाई बदलनु !
  • आफ्नै दोष केलाउनु,आफैलाई नियालनु !
  • यही तिम्रो महाँबाणि,शिर्शाषन पारे यहाँ !
  • झुट्टै झुट फैलाएर,तिम्रो ईज्जत् फाले यहाँ !
  • सम्यक् बाणि कतै छैन,अहँकार बलियो छ !
  • दृष्टि सम्यक् छँदै छैन,ईर्ष्याले भरिएको छ !
  • न त सम्यक् आहारा छ,त्यो त झनै हिम्स्रक छ !
  • स्मृती सम्यक छैन,कुन्ठाले भरिएको छ !
  • बुध्द तिम्रो नाम बेची,अर्थनीति पाले अरे ?
  • लाखौँ रोजगारी दिने,उध्योग् सबै फाले अरे ?
  • स्वदेशको धन खिंची,बिदेशमा सारे अरे ?
  • झुट्टा बोल्दै झुक्याउँदै,साहृै भ्रम पारे अरे ?
  • गुहार् गुहार् भन्दै छन ,यहाँका जनताहरु !
  • अनुकूल् मिल्दछ भने,एकपटक् आउ बरु !
  • सबै शिक्षित छौँ भन्छन्,चेतना शुन्य भो यहाँ !
  • चेतना जगाउन तिम्रै खाँचो पर्यो यहाँ !

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::