आफूमाथि भएको दुर्व्यवहारप्रति मन्त्री भट्टराईको गम्भीर आपत्ति

आइतवार, भदौ २९, २०७६

आफूमाथि भएको दुर्व्यवहारप्रति मन्त्री भट्टराईको गम्भीर आपत्ति

संस्कृति, पर्यटन तथा नागरिक उडड्नमन्त्री योगेश भट्टराईमाथि शनिबार नेपालगञ्ज विमानस्थलमा भएको दुव्र्यवहार र त्यसपछि आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंले विज्ञप्ति जारी गर्दै घटना र त्यसपछि संलग्न समूहका सदस्यले व्यक्त गरेको विचारप्रति गम्भीर आपत्ति भएको उल्लेख छ ।

बुद्ध एयरबाट कैलालीको धनगढी हुँदै डल्फिन महोत्सवमा सहभागी हुन शनिबार टीकापुर पुगेका मन्त्री भट्टराई सोही दिन बुद्ध एयरको अन्तिम उडानबाट काठमाडौँ फर्किने पूर्वनिर्धारित तालिका थियो ।

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाज साँझ ६ः११ मा अवतरण भई आवश्यक प्रक्रियापछि ६ः४० मा अन्य यात्रुहरुको ‘बोर्डिङ’ भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बोर्डिङ भएका यात्रुमध्ये एक उच्छृङ्खल समूहले हुलका साथ जहाजबाट बाहिर निस्केर गालीगलोज गर्दै मन्त्री भट्टराई पुगेलगत्तै अपशब्द प्रयोग गरिएको उल्लेख छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::