आफै गर्भवती नभइ प्रियंका चोपडा ले जन्माइन् आफ्नै बच्चा

आइतवार, माघ ९, २०७८

आफै गर्भवती नभइ प्रियंका चोपडा ले जन्माइन् आफ्नै बच्चा

भारतीय सिने स्टार प्रियंका चोपडा आमा बनेकी छिन।नायिका प्रियंका चोपडा र अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता निक जोन सेरोगेसी बिधि मार्फत  बाबु/आमा  बनेका हुन ।

२०१८ मा बिहे गरेका उनीहरुले उमेरका कारण यसरी बच्चा जन्माएका हुन् । जब एक दम्पतीले सरोगेसीलाई रोज्छन्, मानिसहरू सोच्न थाल्छन् कि तिनीहरू मध्ये एकलाई केही स्वास्थ्य समस्या हुन सक्छ।

यद्यपि, पोर्टलको रिपोर्टमा प्रियंकालाई प्रजनन क्षमतामा कुनै समस्या नभएको तर ३९ वर्षको उमेरमा यो उनको लागि सजिलो पनि थिएन। साथै व्यस्त कार्यक्रमका कारण उनीहरूले गर्भधारण गर्न सकिनन् र सरोगेसीलाई रोजे ।

सरोगेसी अर्थात अरुको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रकृयालाई हो । यसलाई धेरै देशहरुमा कानूनी मान्यता दिइएको छ । यो कार्यलाई पछिल्लो प्रविधि टेष्ट ट्युब बेबी (आईभीएफ) ले साथ दिन्छ ।

यो प्रविधिमा बच्चा जन्माउन चाहाने आमाको डिब्ब सामान्य शल्यक्रियाबाट बाहिर निकालिन्छ । यसैगरी बच्चा चाहाने बाबुको शुक्राणुपनि लिइन्छ । त्यसपछि उक्त बाबुको शुक्राणु बाहिर निकालिएको आमा बन्न चाहाने महिलाको डिब्बमा मिलन गराउँन ट्युबभित्र राखिन्छ ।

त्यहाँ भ्रण बनेपछि भाडामा लिइएकी सरोगेसी आमाको गर्भाशयमा राखिन्छ । विश्वका चर्चित कलाकारहरुले सेरोगेसीबाट बच्चा जन्माएका थुप्रै उदाहरण छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::