आर्सनल एफए कपबाट बाहिर

शनिबार, माघ १०, २०७७

आर्सनल एफए कपबाट बाहिर

प्रिमियर लिग क्लब आर्सनल एफए कपको चौथो चरणबाट बाहिरिएको छ । आर्सनल प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्टनसँग १–० ले पराजित हुदै एफए कपको चौथो चरणबाट बाहिरिएको हो ।

सेन्ट मेरी स्टेडियम साउथह्याम्टन ह्याम्पसायरमा शनिबार राति भएको आर्सनलको हारमा गाब्रियलले पहिलो हाफमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । उनले खेलको २४औं मिनेटमा वाल्कर पिटर्सको प्रहारलाई बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

एक गोलले पछि परेपछि आर्सनलले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । ५९औं मिनेटमा इडवार्ड एनकेइटाको पासमा रोव होल्डिङको प्रहार क्रसबारमाथिबाट थोरै बाहिरिदा आर्सनल बराबरीबाट चुक्यो ।

६७औं मिनेटमा इडवार्डकै प्रयासलाई साउथह्याम्टनका गोलरक्षक फोर्सटरले बचाए । त्यसपछि आर्सनलले थप दुई गोलको अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::