
आइतवार, असार ५, २०७९
एन ए मिडिया न्युज डेस्क
साउदी अरब को रियाद मा रियाद फुटबल क्लब को आयोजनामा ईद अल अधा को अवसरमा दोश्रो रियाद कप-०२२ फुटबल प्रतियोगिता हुने भएको छ ।
फुटबल प्रतियोगिता मुस्लिम धर्मावलम्बीहरु को पर्ब ईद अल अधा को छुट्टीको समय जुलाई ९ र १० गते हुने छ जसअनुसार जुलाई ९ तारिख बेलुका ४ बजे देखि बिहान ६ बजे सम्म र १० तारिख तारिक मध्यान्ह ४ देखि बिहान ६ बजे सम्म खेल हुने छ । प्रतियोगिता एक्जित १९,पुरानो अल खर्ज रोड स्थित रबिया खेल मैदान मा हुने छ ।
प्रतियोगिता मा टिम दर्ता शुल्क साउदी रियाल ६०० तोकिएको छ र बिजेता टिम लाई लाई साउदी रियाल ४०००,ट्रफी,मेडल,प्रमाणपत्र,उपविजेता टिम लाई साउदी रियाल २५००,ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने छ साथै हरेक खेल मा म्यानअफ दि म्याच सहित विधागत पुरस्कार को ब्यबस्था गरिएको आयोजक संस्था ले जनाएको छ।
ईद पर्बको छुट्टी को समय खेल मार्फत नेपालीहरु बीच भातृत्व बढाउने उदेश्य ले प्रतियोगिता आयोजना हुन गई रहेको ले सामाजिक अभियन्ताहरु,पत्रकार,ब्यबसायी,बिभिन्न संघ संस्थामा आबद्द पदाधिकारीहरु साथै विभिन्न पेशा ब्यबसायमा रहेका नेपालीहरु लाई उपस्थितिको लागी आयोजक संस्था ले आग्रह गरेको छ।
खेल समन्धी थप जानकारीको लागी निम्न व्यक्तिहरु लाई सम्पर्क गर्न सकिने छ,
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया