एकअर्काको खुट्टा नतानी काम गर्न सक्यो भने धेरै सम्भावना छ

शुक्रबार, माघ ३, २०७६

शीतल श्रेष्ठ रेस्टुरेन्ट व्यवसायी हुन् । एसएलसीसम्मको अध्ययन गाउँमै पूरा गरेर काठमाडौं छिरेकी श्रेष्ठ आदर्श कलेजबाट १२ पास भएपछि मोडलिङ, क्यासिनोको जागिर हुँदै अहिले अर्गानिक चुलो, गार्डेन रेस्टुरेन्टकी सञ्चालिका छिन् । श्रेष्ठसँग को कुराकानी :

० तपाईंको जन्म र अध्ययन ? – म धनकुटामा जन्मिएकी हुँ । एसएलसीसम्मको शिक्षा गाउँबाटै भएको हो । एसएलसी दिएपछि काठमाडौं आएँ । यहाँ आएर कक्षा ११ र १२ आशीर्वाद कलेजमा पढेकी हुँ ।

० त्यसमाथिको अध्ययन गर्नुभएन ? – पारिवारिक अवस्थाले गर्दा जागिर खानुपर्ने भयो । त्यसले पढ्ने इच्छा हुँदाहुँदै जागिरतिर लाग्ने निधो गरियो । जागिर खोज्दै जाने सिलसिलामा क्यासिनोमा काम गर्ने मौका पाएँ । त्यो अनुभव नै मेरो जीवनको कोसेढुंगा सावित भयो ।

० क्यासिनोमा जागिर खाँदाखाँदै आपैmले व्यवसाय गर्नुपर्छ भन्ने प्रेरणा कहाँबाट जाग्यो ? – मेरो सौख सानैदेखि मोडलिङ गर्ने थियो । त्यसका लागि पनि पैसा नै चाहिने । त्यसैले जागिरसँगै म्युजिक भिडियो गरेँ । तर, मोडलिङमा समय दिन सकिनँ । मोडलिङमा लाग्न भनेर तालिम नै लिइनँ । सानैदेखि नाच्ने, अभिनय गर्ने काम गर्थेँ । तीन÷चार वर्षजति नै सिकेँ । अभिनय र डान्ससँगसँगै सिकेकी थिएँ ।

० कला क्षेत्रतिर किन लाग्नुभएन ? – त्यो बेलामा मोडलिङ क्षेत्रमा जान आपूmसँग पैसा थिएन । मोडलिङका लागि पनि पैसा नै चाहिने रहेछ । त्यहीअनुसारको खानपान, त्यहीअनुसार ड्रेसअप, लवाइखवाई पनि त्यस्तै हुनुपर्ने रहेछ ।

० कलाकार बन्न सुरुमा पैसा चाहिन्छ ? – कलाकार बन्न पैसा चाहिने भन्दा पनि म आपूmलाई जीउनलाई पैसा आवश्यक प¥यो । लगाउन, खान र कोठा भाडा तिर्न मलाई पैसाको आवश्यकता भयो ।

० क्यासिनोमा कति वर्ष काम गर्नुभयो ? – तीन वर्ष काम गरेँ । त्यहाँबाट छाडेँर दुई वर्ष जति अन्य व्यवसाय, पसल गरेँ । कपडा पसल गरेँ । त्यो बेचेर तीन वर्षदेखि ‘अर्गानिक चुलो, गार्डेन रेस्टुरेन्ट’ बत्तीसपुतलीमा सञ्चालन गरेकी छु ।

० यसको लगानी कहाँबाट जुटाउनुभयो ? – जागिरबाट कमाएकाले पुगेन । साथीभाइहरूसँग सरसापट मागेर, केही बैंकबाट ऋण लिएर लगानी गरेकी हुँ ।

० डिग्री पास गरेर बेरोजगार भएँ भन्नेलाई के भन्नुहुन्छ ? – उहाँहरूलाई व्यवसायमूलक सीप सिकौं भन्छु । ज्ञान हासिल गर्न पढाइको डिग्री आफ्नो ठाउँमा छ, सँगै सीप सिक्नुपर्छ । जसको कारणले बेरोजगार बस्नु नपरोस् । म पनि एसएलसीसम्म गाउँको साधारण स्कुलबाट पढेर आएकी हुँ । यहाँ आएपछि उच्च शिक्षासँगै विभिन्न व्यावसायिक सीप सिकेँ ।

० रोजगारीका लागि विदेश मात्रै ताक्नेलाई के भन्नुहुन्छ ? – सीप र जाँगर हुनुपर्छ नेपालमै कमाउन सकिन्छ । नेपालमा भन्दा विदेशमा धेरै गाह्रो छ ।

० वैदेशिक रोजगारीमा जान दुःख छ र ? – त्यहाँ पुग्नेलाई मात्रै थाहा छ, त्यहाँ कति दुःख छ भन्ने कुरा । नेपालमा बस्नेलाई त्यो कुरा थाहा छैन । नेपालमा एकले अर्काको खुट्टा नतानी काम गर्न सक्यो भने धेरै सम्भावना छ ।

० रेस्टुरेन्टको नाम ‘अर्गानिक चुलो, गार्डेन रेन्टुरेन्ट’ किन राख्नुभयो ? – पहिला जब गाउँमा अर्गानिक चिजहरू पाइन्थे, त्यतिबेला मानिसलाई त्यसको महत्वबारे केही थाहा थिएन । अहिले गाउँदेखि सहरसम्म अर्गानिक चिजहरू निमिट्यान्न हुँदै गए, सहरभरि अर्गानिकको बाढी आएको छ, गाउँ बाँभैm छ । त्यसमा राज्यले पनि ध्यान दिएको छैन । धेरै पढलेख गर्ने विद्वानहरूले पनि ध्यान दिएका छैनन् । सहरमा ढिंडो र गुन्द्रुक खोज्दै दौडेका छन् । गाउँमा उत्पादन हुने मकै, कोदो, फापर, गहत, मस्याङ, भटमास, धान, तोरी, मास, केराउलगायत जति खाद्यवस्तु छन् । ती बिनारासायिक मल टिपिकल गाउँमा पालिएका गाई, बाख्रा, भैंको गोरबर मल र पातपतिङगार कुहाएर बनाइएको पांगारिक बलमा उत्पादन भएका हुन्छन् । त्यसलाई अर्गानिक भनिन्छ । अर्गानिक चिजहरू सिजनेबल हुन्छ ।

० अर्गानिक सामान कहाँबाट ल्याउनुहुन्छ ? – गाउँबाटै सिधै मगाउने गरेकी छु । गाउँका किसानलाई केजीमा ५÷१० रुपैयाँ बढी खानु, तर त्यो सामान मलाई सिधैं पठाइदिनु भन्छु । जुम्लाबाट मार्सी चामल, राजमा, सिमी ल्याउँछु । धनकुटाबाट तरकारी, दाललगायत सामान झिकाउँछु ।

० गाउँलेलाई के फाइदा हुन्छ ? – गाउँबाट सिधैं उत्पादित सामान मगाउँदा उहाँहरूलाई रोजगारी मिल्छ । किनभने मेरोमा सामान ल्याउने गर्दा अरुसँग पनि उहाँहरूको सम्पर्क हुन्छ । अरुले पनि मगाउँछन्, त्यहाँ बिचौलियाको भर पर्नु परेन । कसैले कृषिजन्य खाद्य सामग्री उत्पादन गर्दछन् । कसैले यातायातका लागि गाडी हालेका छन्, उनीहरूले काम पाउँछन् ।

० व्यवसायीहरूलाई सुरक्षा निकाय र करको क्षेत्रबाट कत्तिको झन्झट छ ? – भ्याटमा कम्पनी दर्ता गरेर चलाएकी छु । कतै कर छलेको छैन । यहाँको कुरै छाडौं गाउँमा पनि एउटा भैंसी, बाख्रा, खसी पालेको पनि कर लिएको छ । त्यो कर उठाएबापत हामीलाई राज्यले के दियो त ? त्यो ठूलो कुरा हो । शान्ति सुरक्षाको ग्यारेन्टी छैन, ढुक्कले व्यवसाय गर्ने वातावरण छैन । सबैतिर चुनौती नै चुनौती छ ।

० महिलालाई होटल व्यवसाय गर्न गाह्रो छैन ? – हामी पछाडि परेकै लिंगको आधारमा महिला पुरुष भन्ने भेदभावपूर्ण सोचाइबाट हो । ‘म त अझ महिला भनेर आरक्षण छुट्ट्याउनु पनि गलत हो’ भन्छु । अवसर पाए भने महिलाले गर्न नसक्ने केही छैन । दक्षता, सीप र क्षमताको लागि महिला पुरुष भन्ने हुँदैन । मलाई पहिला धेरै कमेन्ट पनि आएको थियो । महिला प्रधानन्यायाधीश, राष्ट्रपति, सभामुख पनि भए । डाक्टर, इन्जिनियर, पाइलटदेखि ड्राइभरसम्म भएकै छन् । कर्मचारीमा सचिवसम्म हुन सफल भइसकेका छन् भने आरक्षण किन चाहियो ? पुरुषभन्दा केमा कम छन् ।

० विवाह गर्नुभयो ? – छैन । सोच्दैछु ।

  • तरुण खबर

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::