‘एनआरएनएको प्रस्तावनामै ‘गैर राजनैतिक’ भन्नु कोरोना भाइरस भन्दा पनि खतरनाक’

बुधबार, माघ २९, २०७६

‘एनआरएनएको प्रस्तावनामै ‘गैर राजनैतिक’ भन्नु कोरोना भाइरस भन्दा पनि खतरनाक’

स्वागत, समर्थन, शुभकामना छ

(१) प्रस्तावनामै “गैर राजनैतिक“ भनिएको, आचार संहिताको बुंदा ६ मा थप ब्याख्या गरिएको, भिजन 2020 को बुंदा 8 (b) i मा पनि बिशेष जोड दिइ उल्लेख भएको यो बिषय निकै बर्षदेखि एनआरएनएका लागि निकै घातक, पेचिलो र कोरोना भाइरस भन्दा पनि खतरनाक बन्दै संस्थाको अधोगति, बिबाद र बदनामीको प्रमुख कारक बन्दै आएको थियो, छ ।

(२) जसरी कोरोना भाइरसले पनि बडी भित्रको Immunity Power (प्रतिरक्षा शक्ति) कम भएका ब्यक्तिहरूलाइ पहिलो लक्ष र शिकार बनाउंछ, एनआरएनए भित्र पनि यो राजनीतिकरणका बिरूद्ध जुध्ने Immunity Power कति छ त ? भन्ने तथ्यले नै असर, सुधार र अन्तिम परिणति देखाउनेछ, जो हेर्न चैं बांकि नै छ । (बिभिन्न राजनैतिक संगठनहरूमा सल्लाहकार र संरक्षक रहेकाहरूले कोरोनाकै भूमिका खेलिरहने खतरा त अहिले नै अनुमान गर्न सकिन्छ पनि) ।

(३) एनआरएनएमा एक हदसम्मको कसरत (रस्साकस्सी) गर्दा पनि यो आखिर श्रमिक बर्गको संस्था त हुनै नसक्ने लगभग ठहर भैसकेको छ, यो बिशुद्ध बुद्धिजीवी र पेशाकर्मीहरूको पनि संस्था हुनसक्दैन भन्ने पनि अर्को तथ्य पनि पछिल्लो समयमा त्यस्ता धेरैको संस्थाबाट हुंदै गरेको पलायनले देखाइरहेको नै छ, जसलाइ बिस्थापन गर्नेमा अधिकांश या त राजनीतिकर्मी नै छन् या भने निश्चित स्वार्थ बोकेका ब्यापारी बर्गका मानिसहरू

(४) आखिर एनआरएनएमा के छ त्यस्तो जो राजनीतिकर्मीहरूले राजनैतिक संगठनमै बसेर गर्न सक्दैनन ? ! समाजसेवा, श्रमिक सेवा, परोपकार या राष्ट्र बिकास निर्माणमा राजनैतिक संगठनमै बसेर पनि त टेवा पुराउन सकिन्छ, यस्ता पवित्र सत्कार्य गर्न कसैलाइ कसैले कहिल्यै रोक्नै मिल्दैन । राजनीतिकर्मिहरूलाइ राजनैतिक संगठनमै (मात्र) रहेर मज्जाले राजनीति गरेको र र या उपरोक्त सत्कार्यहरूमा जुटेको हेर्ने एनआरएनएको चाहना र मादक पदार्थको सेवन मधुशाला (Bar) मै बसेर या घरमै बसेर गर्नुपर्छ, धार्मिक स्थलमा मद्यपान शोभनिय हुन्न र सामाजिक, धार्मिक, राष्ट्रिय नियम र आचार संहिता उलंघन हुन्छ भने, माने जस्तै NRNA मा बसेर दलिय राजनीति नगरिदिनुहोस भन्ने आग्रह आंफैमा उचित हो ।

(५) प्रबासका १००-५० जनालाइ आंफूहरूले नै यहांस्थित लाखौं नेपाली जनसमुदायको प्रतिनिधित्व गर्छाैं भन्ने दिग्भ्रम छ जबकि उनिहरूलाइ मान्ने, उनिहरूका संघ संगठनमा सदस्य बनी आवद्ध हुनेहरूको संख्या कूल समुदायको १५ या त्यो भन्दा पनि कम हुन्छ, छ, एनआरएनएको तथ्यांकले पनि यहि नै भन्छ-त्यो पनि महाधिवेशनका संघारमा भोटर लिस्टमा मात्र, महाधिवेशन पश्चात त्यो संख्या पनि हराउंछ !) । बितेको १७ बर्षमा पनि एनआरएनए बांकि ९९ प्रतिशत सम्म पुग्नै सकेन ! यस यथार्थमा उभिएर भन्नुपर्दा यदि यो १५ नै पुरै ‘राजनीति-संक्रमित’ भैसकेको छ र संघको बिधान, आचार संहिता, मूल्य र मान्यतालाइ ब्यवहारमा अक्षर र भावनामै उतार्दा यो १५ पनि बाहिरिन्छ र संघ नै रित्तिन्छ भने पनि बांकि ९९ प्रतिशत पनि त छ, त्यता किन नजाने ? भन्ने बारे सोंच्न ढिला भैसक्यो ।

(६) राम्रो काम गर्न, जनमत लिन र लोकप्रिय बन्न ठूला पार्टी या संघ संगठन नै समाउनुपर्छ भन्ने पनि आंफैमा सहि हैन भन्ने यकिन गर्न दिल्लीको आम आदमी (पार्टी)लाइ हेरौं जहां जनजिविकाका अहंम् सवालहरूलाइ कसले कसरी सम्बोधन गरे भन्ने तथ्यले प्रधान अर्थ राखेको देखिन्छ ।

एनआरएनएलाइ ‘गैर राजनैतिक’ नै रहन दिउं । यसो नहुंदा नै गत ः बिश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशन नै सुसम्पन्न हुननसकि अधुरो (अबैध ?) रहन गएको छ, पहिलो पटक संस्थापक अध्यक्षज्युले नै महाधिवेशनको प्रमुख सत्र नै बहिस्कार गर्नुपर्ने परिस्थिति बन्यो, कैयन कहालीलाग्दा, निकै लज्जास्पद (कु) कीर्तिमान बनेका छन्, हुँदा हुँदा संघभित्र भित्रिएको ब्यापार, कमिशनखोरी, तस्करी (जग्गा माफिया) ले संघको भवन नै धरापमा पारिदिएका छन्, अझै अरू क्षति संघले थेग्न सक्ला ?!

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::