एनआरएनए सहित ६५ जनाको जग्गा जफत गर्न अख्तियारको माग

बुधबार, माघ २२, २०७६

एनआरएनए सहित ६५ जनाको जग्गा जफत गर्न अख्तियारको माग

सर्बोच्च का न्यायधिस  र नेकपा का महासचिवको  छोरा विरुद्ध भने मुद्दा चलाइएको छैन.....

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ६५ जनाको जग्गा जफत गर्न माग गरेको छ ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले बुधबार विशेष अदालत १७५ जनाविरुद्ध मुद्दा हालेको छ । मुद्दामा ललिता निवास क्याम्पभित्रको जग्गा ६५ व्यक्ति वा संस्थाको नाममा रहेको भन्दै जफत गर्न समेत माग गरिएको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कुनै कसुर गरेको नदेखिएको तर आयोगमा भएको बयानका क्रममा जग्गा छाड्न तयार नभएकाले ऐनको दफा ८ का उपदफा ४ र दफा ४७ बमोजिम जग्गा जफत गरी सरकारको कायम गर्न माग गरिएको छ ।

ललिता निवास क्याम्पभित्रको जग्गा भएका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलविरुद्ध भने मुद्दा चलाइएको छैन ।

आयोगले दुबैसँग बयान लिएको तर उनीहरु आफ्नो नाममा कायम भएको जग्गा सरकारलाई छाडिदिन सहमत भएकाले जग्गा जफतको मागदाबीका लागि प्रतिवादी बनाउन आवश्यक नभएको अख्तियारले बताएको छ ।

अख्तियारले रेग्मीको कित्ता नं. ५११ र पौडेलको कि नं ३०९ र ३१५ सरकारको नाममा कायम गराउन रु त्यसको जानकारी गराउन आफूलाई गराउनु भनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई भनेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::