एनआरएनए प्रबर्तित दोर्दीखोला आयोजनाको बिजुली प्रशारण लाईन नहुदा मेन ग्रिडमा जोडिन समस्या

शनिबार, जेष्ठ २८, २०७९

एनआरएनए प्रबर्तित दोर्दीखोला आयोजनाको बिजुली प्रशारण लाईन नहुदा मेन ग्रिडमा जोडिन समस्या

एनआरएनए प्रबर्तित हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ ।

दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाले हप्ता–दश दिनअघि सम्पूर्ण निर्माण पूरा गर्दै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो ।

आयोजनाबाट उत्पादित बिजुली उदयपुरमा रहेको २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले राष्ट्रिय प्रसारण लाइनमा जोडिहाल्न नसकिने हुँदा बिजुली खेर जाने भएको आयोजनाले जनाएको छ ।

आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावर हाउस बनाइएको छ । विसं २०७२ फागुनदेखि निर्माण सुरु गरिएको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसेरेनरी सामानमा पुर्याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले पनि निर्माणमा ढिलाइ हुँदै आएको र निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटक–पटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ ।

सुरुमा रु चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले रु चार अर्ब ६४ करोडसम्म खर्च हुने भएको हुनसक्ने आयोजनाको अनुमान छ ।

यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए०को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रुपको ३४ दशमलव तीन प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो । आयोजनाका अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::