एन. आर. एन.ए. , साउदी अरब द्धारा ३०अगस्त को दिन दम्माममा तीज विशेष कार्यक्रमको आयोजना

मङ्लबार, भदौ १०, २०७६

एन ए मिडिया न्युज डेस्क

एन. आर. एन.ए. , साउदी अरब द्धारा ३०अगस्त को दिन दम्माममा तीज विशेष कार्यक्रमको आयोजना

तीजको लहर आयो बरिलै .....

दम्माम, साउदी अरब।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले तीज विशेष कार्यक्रको आयोजना गर्ने भएको छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व साउदीमा भने ३० अगस्त, २०१९ शुक्रबारको दिन छुट्टीको दिन पारेर दम्माम स्थित अल खयाम रेष्टुरेन्टको सभाहलमा ३ दिन अगाडी मनाईने भएको छ । उक्त कार्यक्रममा साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दिदि बहिनि तथा दाजुभाईहरुको सहभागिमा मनाउन लागिएको, साथै कार्यक्रममा साउदी अरबका स्थानीय कलाकारको प्रस्तुति पनि रहने आयोजकले जनाए ।

एन.ए. मिडिया संग कुरा गर्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी महिला संयोजक रवीना अर्यालले कार्यक्रम १ महिना अगाडी देखिनै तय भएको र साउदी अरबको पुर्वी क्षेत्रमा रहेका दिदी बहिनीहरु संग सहकार्य गरेरमिति तय गरेको जानकारी दिइन । सहकार्य गर्दा - गर्दै पनि कार्यक्रम जुध्न गएकोमा दुःख व्यक्त गरिन । “तीज जस्तो पवित्र पर्वमा सबै दिदिबहिनीहरु एकै ठाँउमा भेला भएर तीज मनाउने धोका थियो, तर कार्यक्रम जुधेकोले यसपालि मनाउन पाईएन, यसरी कार्यक्रम जुधेकोमा निकै दु:ख लागेको छ”- उनले भनिन् । साथै उनले सबै नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गर्दै  हरितालिका तीजको शुभकामना पनि दिइन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान बिष्णु सँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिव भगवानको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई 'चिताएको कुरा पुगोस्' भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।

बितेका केहि वर्षमा साउदी अरबमा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा कार्यक्रम गर्ने लहर चलेको छ, यसपाली रियादमा २९ अगस्त, साउदीको पुर्वी क्षेत्रमा दम्माम र खोबरमा ३० तारिख हुने भएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::