एप्पलको नाफा चौथो त्रैमासिक मा ५५ अर्ब डलर

बिहिबार, कार्तिक १४, २०७६

एप्पलको नाफा चौथो त्रैमासिक मा ५५ अर्ब डलर

एप्पल कम्पनीले चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । यस त्रैमाससम्म आइपुग्दा कम्पनीले ५५ अर्ब २५ करोड डलर भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा ७.१८% ले घटेको हो । गत वर्ष एप्पलको खुद नाफा ५९ अर्ब ५३ करोड डलर थियो । कम्पनीले २ खर्ब ६० अर्ब डलर खुद बिक्री गरेकोे छ । यस त्रैमासमा मात्रै कम्पनीले ६४ अर्ब डलर खुद बिक्री गरेको हो ।

प्रतिवेदन सार्वजनिक भएपछि एप्पलको सेयरको भाउ उकालो लागेको छ । एप्पलको आइफोन बाहेक सबै उत्पादनमा गत वर्षको भन्दा नाफा वृद्धि गरेको हो । यस प्रतिवेदनमा भर्खरै मात्रै बिक्री सुरु गरेको आइफोन ११ को समेत बिक्री विवरण पनि सार्वजनिक गरिएको छ । एप्पलले गत सेप्टेम्बर २० गते आइफोन ११ को बिक्री लन्च सुरु गरेको थियो ।

कम्पनीको यस त्रैमासिकको अन्तिम दिन सेप्टेम्बर ३० गते पूरा भएको हो । तसर्थ, आइफोन ११ को १० दिनको बिक्री विवरण सार्वजनिक गरिएको हो । खुद बिक्री अमेरिका र एसिया (चीन बाहेक) प्रान्तमा बढेको छ । युरोप, चीन, जापानमा भने खुद बिक्री घटेको छ । कम्पनीले १५ अर्ब २६ करोड डलर आयकर समेत बुझाएको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::