एप्पल को ‘आईफोन एक्स’ यी हुन् गज्जबका फिचर्स

मङ्लबार, कार्तिक २१, २०७४

NA Media

एप्पल को ‘आईफोन एक्स’ यी हुन् गज्जबका फिचर्स

बिश्व बजारमा अहिले टेक्नोलोगी जायन्त कम्पनी एप्पल को नयाँ स्मार्टफोन आइफोन एक्स को बिक्रि ३ नोवेम्बर बाट सुरु भए देखि  नयाँ रेकर्ड कायम गरि रहेको छ। बिस्लेषकहरु ले हालसम्म उत्कृस्ट स्मार्ट फोन रहेको भन्दै निकै प्रशंसा गरेका छन।हुन पनि  आइफोन एक्समा केही यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् ।

आइफोन एक्सका सबैभन्दा उत्कृष्ट ६ फिचर्स यी हुन्:

फेस आइडी: आइफोन एक्समा एप्पलले होम बटन हटाएको छ । अब होम बटनको साटो फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् ।

एनिमोजी: एप्पलको नयाँ एनिमोजी फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । यो साँच्चीकै रोचक हुनेछ । यो एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुनेछ । यो फिचर यति रोचक हुनेछ की यसले आइफोन प्रयोगकर्तालाई लतमै फसाइदिनेवाला छ ।

उत्कृष्ट सेल्फी: आइफोन एक्समा १२ मेगापिक्सेलको डुअल मुख्य क्यामरा तथा ७ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । सेल्फी क्यामरामा पोट्रेट मोड हुनेछ, जसबाट फोटोको ब्याकग्राउण्ड ब्लर गरेर स्टुडियोमै जस्तो उत्कृष्ट सेल्फी खिच्न सकिनेछ ।

नयाँ धून: दुनियाका ७० करोड आइफोन प्रयोगकर्ताको आइफोनमा अहिलेसम्म बज्ने क्लासिक मारिम्बा रिङ्गटोन अब दिक्कलाग्दो बनिसक्यो । त्यसैले आइफोन एक्समा नयाँ रिङ्गटोन रहेको छ । यो रिङ्गटोनको नाम हो रेफ्लेक्सन ।

भिडियो: आइफोन एक्समा नयाँ ओएलइडी डिस्प्ले रहेको छ । आइफोनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट ओएलइडी डिस्प्ले हो । जसका कारण आइफोनमा भिडियोहरु निकै उत्कृष्ट गुणस्तरमा देखिनेछन्, चम्किलो तथा सार्प इमेजका साथ । साथै साउण्ड क्वालिटी पनि अब्बल रहेको छ किनकी स्टेरियो स्पिकरहरु ग्लास स्क्रिनको भित्रपट्टि लुकाइएको छ ।

अग्मेन्टेड रियालिटी एप: आइफोन एक्समा एआरकिट फिचर रहेको छ । जसका कारण आइफोन एक्स अग्मेन्टेड रियालिटीयुक्त उत्कृष्ट स्मार्टफोन बनेको छ । यो फिचरका कारण प्रयोगकर्ताहरु आफ्नो आइफोनमा विभिन्न भर्चुअल रियालिटी गेमहरुको अनुभव प्राप्त गर्न सक्नेछन् ।

 

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::