एमबाप्पे भन्दा नेयामार उत्कृष्ट,मेस्सी र रोनाल्डो को प्रतिभाको कुनै सिमा छैन

बुधबार, अशोज १५, २०७६

एमबाप्पे भन्दा नेयामार उत्कृष्ट,मेस्सी र रोनाल्डो को प्रतिभाको कुनै सिमा छैन

स्पेनिस फुटबल टोलिक पूर्व प्रसिक्षक भिसेन्ट डेल बोस्के ले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी लाई अहिले सम्म कै उत्कृस्ट खेलाडी भएको बताएका छन्।

बिश्व कप बिजेता बोस्के ले मेस्सी बिश्वकै उत्कृस्ट खेलाडी भएको उल्लेख गरेका छन् तर रोनाल्डो पनि उनि भन्दा कम नभएको प्रस्ट पारेका छन् कतिपय ले पोर्चुगिज सुपरस्टार रोनाल्डोको दिन सकिएको टिप्पणी गरेको स्मरण गर्दै उनले रोनाल्डो ले रियल मेड्रिड छोडदा खासै दुख नमानेको बताए तर रोनाल्डो र मेस्सीमा क्षमताको कुनै सिमा नरहेको बताउँछन् ।

पेरिस सेन्ट जर्मेन(पीएसजी) का युवा स्टार केलीयन एमबाप्पे को पनि बोस्को तारिफ गर्दछन ।क्षमताको आधारमा हेर्ने हो भने एमबाप्पे रोनाल्डो र मेस्सीको पथमा रहेको उनको टिप्पणी छ यधपी मोनाकोका पूर्व स्टार एमबाप्पे भन्दा ब्राजिलियन स्टार नेयमार उत्कृस्ट रहेको बताएका छन् तर नेयमार लाई पछ्याउने समर्थक भने कम रहेको डेल बोस्को को भनाई छ।

रोनाल्डो र मेस्सी मा भएको जस्तो सबै खाले गुण एमबाप्पे मा छ तर उनले आफुलाई प्रमाणित गर्न अझै बाँकी छ। उनले थपे एमबाप्पे भन्दा नेयमार उत्कृस्ट हुन् तर कतिपय विवादास्पद कामका कारण उनि धेरैको उदाहरण बन्न सकेनन यधपी एक खेलाडीको रुपमा उनि उत्कृस्ट हुन।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::