एमसीसी अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

शनिबार, फाल्गुन ७, २०७८

एमसीसी अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार : अमेरिका

अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने वा नगर्ने नेपालको सार्वभौम अधिकार भएको बताएको छ। एमसीसी सम्झौताका विषयमा नेपालको उत्तरी छिमेकी चीनले टिप्पणी गरेको भोलिपल्ट नेपालस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै एमसीसीबारे निर्णय नेपालकै नेताहरुले नै गर्ने जनाएको हो।

चीनको वक्तव्यपछि भने शुक्रबार नै दूतावासले हिंसा भड्काउने विचार स्वीकार्य नहुने टिप्पणी गरिसकेको थियो तर शनिबार पुनः वक्तव्य जारी गर्दै दूतावासले अनुमोदनको निर्णय नेपालकै भएको बताएको हो।

वक्तव्यमा भनिएको छ -नेपाल सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राष्ट्र हो। एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने कुरा नेपालले नै निर्णय गर्ने हो।

अमेरिकाले योजना नेपाल सरकार र नेपाली नागरिकले नै आग्रह गरेको बताएको छ। योजना नेपालमा गरिबी घटाउन र आर्थिक उन्नतिका लागि रहेको पनि वक्तव्यमा भनिएको छ।

वक्तव्यमा नेपालको विकास सहायता, विपद् प्रतिकार्य, स्वास्थ्य र शिक्षा कार्यक्रमम अमेरिकाले सहयोग गरिरहेको पनि स्मरण गराएको छ।

एमसीसी नेपालका लागि अमेरिकी नागरिकको उपहार रहेको भन्दै दूतावासले यो परियोजना गरिबी घटाउन र अर्थतन्त्रको विकास गर्न डिजाइन गरिएको वक्तव्यमा उल्लेख छ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::