
आइतवार, जेष्ठ १, २०७९
ओदारी कपिलवस्तु -बाल कृष्ण पंगेनी
कपिलवस्तुको बाणगंगा–११ बाट नेपाली कांग्रेस वडा अध्यक्षमा नरेन्द्र चौधरी प्यानल सहित विजय भएका छन् । चौधरी ३५० मतान्तरले विजयी भएको स्रोतले जानकारी दिएको छ । यस बारे निर्वाचन अधिकृतले आधिकारिक घोषणा भने गरेका छैनन । यस अघि बाणगंगा १ मा कांग्रेसका सञ्जु सारु मगर वडा अध्यक्षमा प्यानल सहित निर्वाचित भई सकेका छन् ।
बाणगंगा–११ बाट माओबादी केन्द्रका निवर्तमान वडा अध्यक्ष सोम नाथ अर्यालको पुन अध्यक्ष बन्ने सपना भने साकार हुन् सकेन । साथै एमालेबाट मैदानमा उत्रेका उमेदवारहरु पनि यो कार्यकालको लागि चुकेका छन् ।
अब नतिजा आउन बाकी रहेको बाणगंगा २,१०,३,९,४,८,५,७ तथा ६ रहेका छन् ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया