कप्तान पारस खड्को को ऐतिहासिक शतक, नेपालको सान्दार जित

शनिबार, अशोज ११, २०७६

कप्तान पारस खड्को को ऐतिहासिक शतक, नेपालको सान्दार जित

कप्तान पारस खड्काको ऐतिहासिक शतकीय पालिको सहयोगमा सिङ्गापुरमा भइरहेको त्रिदेशीय टि२० शृङ्खलामा नेपालले शनिबार आयोजक सिङ्गपुरलाई सजिलै नौ विकेटले हराएको छ ।

नेपालको यो पहिलो जित हो । नेपाल एक दिनअघि जिम्बाब्वेसँग पराजित भएको थियो । सिङ्गापुरको इन्डियाना एसोसिएसन क्रिकेट मैदानमा टस जिति पहिले ब्याटिङ गरेको घरेलु टिम सिङ्गापुरले तीन विकेटको क्षतिमा १५१ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालले चार ओभर बाँकी छँदै एक विकेटको क्षतिमा १५४ रन बनाएर लक्ष्य हासिल गर्यो

पारसको कीर्तिमान शतक

पारसले चौका, छक्काको वर्षात् गर्दै आउट नभइकन १०६ रन बनाए । पारसको सो पालि टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो शतक भएको छ । अन्तर्राष्ट्रिय एकदिवसीय  क्रिकेटमा पनि नेपालका लागि पहिलो शतक पारसकै नाममा छ । गत जनवरीमा पारसले युएई विरुद्ध ११५ रन बनाएर कीर्तिमनराखेका  थियो । पारसले ४९ बलमा शतक पूरा गरे  । ३० बलमा अर्धशतक छुने पारसलाई शतकसम्म पुग्न थप १९ बलको मात्र आवश्यकता पर्यो । पारसले मात्र ५२ बलको सामना गरी नौ छक्का र सात चौका प्रहार गरेका  पारस नै म्यान अफ दि म्याच घोषित भएका थिए  ।

के भन्छन् पारस

‘मैले मात्र होइन टिमनै एकजुट भएर खेल्दा जित प्राप्त भएको छ । विकेट ब्याटिङमैत्री थियो । मैले त्यसको फाइदा उठाएँ । शतकले सन्तुष्टि त दिन्छ नै तर त्यो भन्दा पनि महत्वपूर्ण टिमको जित हो । देशलाई खेल जिताउनुले ठूलो सन्तुष्टि मिल्छ । अब जिम्बाब्वेविरुद्धको खेलमा पनि यस्तै आत्मविश्वासका साथ खेल्नेछौँ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::