कसरी आफैं टालियो ओजोनको प्वाल ?

शनिबार, बैशाख २०, २०७७

एजेन्सी

कसरी आफैं टालियो ओजोनको प्वाल ?

वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो ।

मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो ।

तर अप्रिल २३ मा एउटा सुखद खबर आयो । कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले एक ट्वीट गर्दै आर्किटकको आकाशमा देखिएको ओजनको प्वाल बन्द भएको घोषणा गर्‍यो ।

उत्तरी ध्रुव माथिको आकाशमा देखिएको ओजनको विशाल प्वाल असामान्य मौसमको नतिजा भएको वैज्ञानिकहरुको ठहर छ । ध्रुवीय क्षेत्रको अत्यन्तै ठण्डा हावामा जब तीव्र गतिको हावा फस्दछ त्यसबाट सिर्जना हुने हुण्डरीले वायुमण्डलमा तीव्र दबाब पैदा गर्दछ । वैज्ञानिक भाषामा त्यसलाई पोलार भर्टेक्स भनिन्छ ।

उक्त हावाको दबाब यति तीव्र हुन्छ कि त्यसले समताप मण्डलको ओजन तहमा समेत प्वाल पारिदिन्छ ।

वैज्ञानिकहरुका अनुसार उत्तरी ध्रुवमा देखिएको असामान्य मौसम सामान्यीकरण भएसँगै ओजन तहमा परेको प्वालसमेत आफैं टालिएको हो ।

उत्तरी ध्रुवको आकाशमा देखिएको ओजन प्वाल आफैं टालिनुमा कोरोना महामारीका कारण भैरहेको लकडाउनबाट प्रदूषण घट्नुसँग कुनै सम्बन्ध नभएको वैज्ञानिकहरुको भनाइ छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::