कस्तो अवस्थामा साउदी अरबमा एक्जिट भिसा प्रोसेस गर्न मिल्छ ??

आइतवार, असार १२, २०७९

एन ए मिडिया न्युज डेस्क

कस्तो अवस्थामा साउदी अरबमा एक्जिट भिसा प्रोसेस गर्न मिल्छ ??

साउदी अरब मा नेपाली दुताबास र जेद्दा स्थित महावाणिज्यदूतावासले एक्जिट भिसा दिलाउने कार्य गर्दछ ।तल दिइएको अवस्था छ भने राजदूतावास वा महावाणिज्यदूतावासबाट एक्जिट भिसा प्रोसेस गर्न सकिन्छ,

- इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेको,

- साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि कम्पनीले इकामा बनाइदिएको छैन भने,

-  कम्पनीले हुरूब लगाइदिएको अवस्थामा

एक्जिट भिसा प्रोसेस गर्न जुन ठाउँबाट आफ्नो इकाममा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ।

एक्जिट भिसा को लागी प्रक्रिया अघि बढाउन कुनै शुल्क लाग्दैन र  एक्जित भिसा प्राप्त भए पछी  नेपाल फर्किने हवाई टिकटको ब्यबस्था समन्धित  व्यक्ति स्वयंले गर्नुपर्नेछ ।

नेपाली दुताबास ले सुचना प्रकाशित गरि दुताबास बाहेक अन्य ले एग्जित भिसा दिलाई दिन्छु भनि भनेको आधारमा बिश्वास नगर्न साथै सो कार्य सिधै  ठगी कार्य रहेको ले सचेत रहन सबैमा आग्रह गर्दै एक्जिट भिसा प्रोसेसिङका लागि- मोवाइल नं. ०५०००२१४०९ वा ०५४७०४५२७२ सम्पर्क गर्न सुचित गरेको छ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::