
सोमवार, पुस १२, २०७८
..रंगाउने
अनौठो फेसन दुनियामा फेसन पनि कस्तो कस्तो चल्छ भन्या ? अहिले अमेरिकी युवतीहरुमा एउटा नयाँ तर अनौठो फेसन ट्रेण्ड चलेको छ । यो नयाँ ब्यूटी क्रेजले युवतीहरुलाई आफ्नो काखीका रौँ पाल्ने र ती पालेका रौँलाई डाइ गरेर गाढा रंगले रंगाउन प्रोत्साहित गरिरहेको छ ।
हेयर स्टाइलिस्ट रोग्जी हन्ट काखीका भुत्ला रंगाउने यो ‘काखीका भुत्ला क्रान्ति’ को एकजना नाइके नै हुन् । अमेरिकाको सिएटलमा सैलुन खोलेर बसेकी हन्ट हरेक महिलाले आफ्ना काखीका भुत्लालाई जबरजस्ती खौरिने वा लुकाउने भन्दा पनि अँगाल्नुपर्ने बताउँछिन् । एक ब्लग पोस्ट मार्फत उनले धेरै महिलाहरुको इच्छा आफ्नो काखीको रौँ नखौरिन पाए हुन्थ्यो भन्ने रहेको खुलासा गर्दै आफुले काखीको कोमल छालामा रेजरले रौँ खौरिन नचाहने धेरै महिला भेटेको बताउँछिन् । उनले आफ्नो ब्लगमा काखीका रौँलाई कसरी रंगाउने भन्ने विधि समेत प्रस्तुत गरेकी छिन् ।
काखीका रौँ पाल्न चाहने महिलाहरु धेरै भेटेपछि उनले आफ्ना सहकर्मीहरुसँग काखीका रौँलाई कसरी सुन्दर तथा रंगीन बनाउने भन्ने बारेमा छलफल गरिन् । सुरुमा उनी र उनकी साथीले आफ्नो काखीको रौँलाई डाइ गरेर रंगाए । अनि आफ्नो सैलुनमा आउने धेरै महिलाहरुका काखी यसैगरी रंगाइदिए ।
अहिले यसरी काखीका रौँ रंगाउने युवतीहरुको लहर नै लागेको छ । सोसल साइट इन्स्टग्राममा दर्जनौ युवतीहरुले आफ्नो चम्किलो रंगीन काखीको तस्वीर शेयर गरिरहेका छन् । युट्युबमा पनि रंगीन काखीका भिडियोहरु अपलोड र्भैरहेका छन् ।
स्मरण रहोस् यसअघि पनि सोसल साइटहरुमा महिलाहरुको प्राकृतिक सुन्दरताका लागि रौँ पाल्ने अभियान चल्ने गरेका छन् ।
महिलाहरुमा जिउमा पलाउने रौँलाई सुन्दरताको बाधक ठान्ने र रौँ वीहिन महिलालाई मात्र सुन्दर ठान्ने सामाजिक अवधारणालाई चुनौति दिँदै महिलाहरुले सामाजिक संजालमा आफ्ना भुत्ले खुट्टा तथा काखीहरु प्रदर्शन गर्ने गरेका छन् ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया