
आइतवार, असार ५, २०७९
काठमाडौं महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारीमा विद्युतीय माध्यमबाट भाडा भुक्तानी गर्ने व्यवस्था लागू गर्न आवश्यक कार्य अगाडि बढाइने भएको छ ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साहले काठमाडौं महानगर क्षेत्रभित्र चल्ने सार्वजनिक सवारीमा डिजिटल भाडा तिर्ने व्यवस्था मिलाउन आवश्यक काम अगाडि बढाउने बताएका छन् ।लामो समयदेखि चर्चामा रहेको विद्युतीय भाडा भुक्तानीको विषयलाई अगाडि बढाउने उनले बताएका हुन् ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया