काठमाडौंमा हैजाको विरामी भेटिए,खानपानमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

आइतवार, असार ५, २०७९

काठमाडौंमा हैजाको विरामी भेटिए,खानपानमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंमा हैजाको विरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई जना विरामीमा हैजा रोग पुष्टि भएको हो ।

१८ र २३ वर्षका उनीहरु काठमाडौं महानगरपालिका–२८ बागजारमा बसोबास गर्दै आएका दिदीबहिनी हुन् । उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ । गर्मी तथा वर्षायाममा झाडापखाला, हैजा तथा पानीजज्य रोगहरु फैलिने भएकाले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपील गरेको छ ।

अस्पतालका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले गर्मी मौसममा खानपानमा ध्यान दिन आग्रह गर्नुभयो । बाहिरको चटपटे खाएपछि ती दिदीबहिनीलाई बारम्बार झाडापखाला भएपछि मोडेल अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::