
बुधबार, जेष्ठ १७, २०७४
NA Media
काठमाडौं महानरपालिकाको नवनिर्वाचित मेयर र उपमेयरले आज पद तथा गोपनियताको सपथ खाएका छन् ।
राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए ।
उनीहरु दुबैले नेपाल भाषामा सपथ खाएका थिए । शाक्य एमालेबाट मेयरमा निर्वाचित भएका हुन् भने खड्की नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
यस्तै काठमाडौं महानगरका ३२ ओटै बडा अध्यक्षले पनि पद तथा गोपनियताकोसपथ लिएका छन् ।
मेयरको सपथ लिएपछि विद्यासुन्दरले के के भने ?
सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले भने–
– निर्वाचन भएर देशले नै जितेको । माला लगाउने मात्रै जितेको होइन । धेरै अन्योलताका बीच पनि चुनाव भयो त्यो ठूलो कुरा हो ।
–चुनाव हुनु नै दलहरुको जीत भएको छ । जनताहरु चुनावका लागि राजनीतिक दल भन्दा पनि अग्रसर थिए ।
– सबैलाई सँगसँगै मिलाएर लैजान्छु । पराजितहरु कसैप्रति आग्रह पूर्वाग्रह राख्ने छैन । रञ्जु दर्शनालगायत सबैलाई मिलाएर लैजान्छु । महानगरपापलिकालाई ध्वच्छ, सुन्दर र समृद्ध बनाउँछु ।
सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।
मुलुक संघिय प्रणालीमा गई सके पछी स्थानीय भाषा संस्कृति को परिपालन र समर्धन गरिने जुन परिकल्पना गरिएको थियो काठमाडौं महानगरपालिका का निर्बाचित मेयर र उपमेयर ले आफ्नो मातृभाषामा सपथ खाएर सो परिकल्पना लाई मुर्तरुप दिएको अर्थमा लिन सकिन्छ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया