कानुनी रूपमै बैवाहिक बन्धनमा बाँधिए प्रियंका र आयुष्मान

बिहिबार, फाल्गुन १५, २०७६

कानुनी रूपमै बैवाहिक बन्धनमा बाँधिए प्रियंका र आयुष्मान

चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानुनी रुपमै बिवाह गरेका छन् ।  यी दुई जोडीले बिहिबार  जिल्ला अदालत ललितपुर पुगेर पारिवारिक सदस्यको उपस्थितीमा कानुनी रुपमा बिवाह गरेका हुन् ।

नायिका प्रियंकाले  आफ्नो अफिसियल ईन्स्टाग्राम अकाउन्टबाट आयुष्मान र आफ्नो बिहेको तस्विर सार्वजनिक गर्दै बिवाह गरेको जानकारी दिएकी हुन् ।

प्रियंकाले  सामाजिक संजालमा  कानुनी रुपमा नै एक भएको उल्लेख गरेकी छिन् । उनले तस्वीर सेयर गर्दै ‘मिस्टर एण्ड मिसेस’ लेखेकी छिन् ।

२ वर्षको लामो प्रेमलाई बल्ला बिवाहमा परिणत गरेका यी दुई जोडीले सामाजिक रुपमा बिवाह भने शुक्रबार गर्दैछन् । शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::