काभ्रे सेवा समाज साउदीअरबद्वारा गृह जिल्ला काभ्रेलाई १२ वटाअक्सिजन कन्सनटेरेटर सहयोग

मङ्लबार, जेष्ठ २५, २०७८

एन.मिडिया न्युज डेस्क

काभ्रे सेवा समाज साउदीअरबद्वारा गृह जिल्ला काभ्रेलाई १२ वटाअक्सिजन कन्सनटेरेटर सहयोग

काभ्रे सेवा समाज साउदी अरबद्वारा काभ्रेपलान्चोक जिल्लाका बिभिन्न क्षेत्रका कोभिड-१९, कोरोना बिमारीहरुको जीवन रक्षाको लागि सहयोग स्वरुप ५ लिटर क्षमता, २१ किलो वजन, ९३ प्रतिशत अक्सिजन आउटपुट प्युरिटी दिने ओगेल्स  कम्पनिको १२ वटा मेडिकल अक्सिजन कन्सनटेरेटर  प्रमुख जिल्ला अधिकारी एवं जिल्ला संकट ब्यबस्थापन काभ्रेका संयोजक शिवराम पोखरेललाई हस्तान्तरण गरेको छ ।

काभ्रे पलान्चोक जिल्ला  प्रसासनको  कार्यालयको  प्राङ्गडमा आयोजना  गरिएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा काभ्रे पलान्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं संकट व्यबस्थापन काभ्रेका प्रमुख शिवराम पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार, संकट ब्यबस्थापन केन्द्रका सदस्यहरु, बिष्णु दल गणका गणपती कर्णेल मिलन थापा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरीष्ठ स्वास्थ्य अधिक्रित डा. नरेन्द्र कुमार झा, शशस्त्र प्रहरी कार्यालयका एसपी महेश केसी, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख अरुण कार्की, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरी खतिवडा, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतिराम तिमील्सिना, काभ्रे सेवा समाज काभ्रेपलान्चोकका पुर्व अध्यक्ष प्रल्हाद केसी, महासचीब मधुसुदन गुरागाईं, सचिब राघब सिङ खड्का, नेपाल जनस्वास्थ्य संघका केन्द्रिय सदस्य रोशन लामा, काभ्रे सेवा समाज साउदीअरबका कोषाध्यक्ष अजय कुमार त्रिपाठी, सदस्य दशरथ हुमागाइँ, रन्जना थपालिया त्रिपाठी, विश्व मैनाली, पत्रकार सुरज तिमील्सिना लगायतको प्रतक्ष उपस्थिती रहेको सस्थाका महासचिव  सुरेशराज त्रिपाठीले एन ए मिडियालाई जानकारी गराएका छन्  ।

साथै त्रिपाठीले उक्त सामाग्री सस्थाको शिक्षा  कोषमा रहेको रकमबाट खरीद गरी कोरोनाको महामारीबाट कसैले ज्यान गुमाउन नपरोस भनी मानवीय सेवामा लगाईएको जानाकारी दिएका छन्  ।

काभ्रे सेवा समाज साउदी अरव  काभ्रेलीहरुको गर्भ  गर्न लाएक संस्था रुपमा स्थापित भैरहेको बेला सस्न्थाले बिभिन्न समयमा आई पर्ने दैवी प्रकोप , भूकम्प , बस्ती निमार्ण देखि लिएर साउदी अरवमा रहेका सम्पूर्ण नेपाली तथा काभेलीहरुलाई समस्या पर्दा मलहम पट्टीको काम गरिरहेको  छ  तथा अन्य संस्थाले चलाएको  अभियानमा पनि हातेमालो गरी नेपाल र नेपाली तथा समाजको लागि उदाहरणीय  काम गरेको जगजाहेर छ  । भविष्यमा पनि समाज सेवामा लागि रहोस शुभ कामना ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::