किन अकासियाे सुनकाे मूल्य ? यस्ता छन् कारण

आइतवार, असार ८, २०७६

किन अकासियाे सुनकाे मूल्य ? यस्ता छन्  कारण

इतिहास मै छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । मुख्यगरी विवाहको सिजन मंसिर, माघ, फागुन, असार महिनामा सुनको कारोबार धेरै हुने गर्छ । यसवर्ष मंसिरदेखि फागुनसम्म विवाहको सिजनमा पनि सुनको मूल्य खासै बढेन ।

नयाँ वर्ष सुरु भएपछि सुनको मूल्य क्रमशः बढ्दै गयो । सुनको मूल्य बढ्नुको कारण के हो ?  यस्ता छन्, सुनको मूल्य बढ्नुका कारण :

१. पहिलो कारण, अहिले अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व चर्कोको छ । विश्वभरका मानिस अन्य वस्तु खरिद गर्नतिर भन्दा सुन खरिदमा लागेका छन् । मानिस सुनमा आकर्षित भए । एउटा कारण यो हो ।

२. दोस्रो कारण, अन्तर्राष्ट्रिय जगत्ले सुनको कारोबारलाई महत्वपूर्ण लगानीको रूपमा लिएका कारण पनि सुनको मूल्य अकासिएको हो ।

३. तेस्रो कारण, विश्वबजारको अर्थतन्त्रको अनुपातमा सेयरमा भन्दा बढी सुनमा लगानी गर्ने लगानीकर्ता बढी भएर सुनको मूल्य बढेको हो ।

४. चौथो कारण, सुन बहुमूल्य धातु भएका कारण यसलाई ग्राहकले पुँजीको रूपमा बुझ्छन् । त्यसैले उनीहरूले धेरैभन्दा धेरै सुन जम्मा गर्न खोज्छन् । विश्वबजारमा एकैपटक सुनको माग बढी भएका कारण सुनको मूल्य बढेको हो ।

५. पाँचौँ कारण, युरो र डलर ‘स्ट्रङ’ भयो । त्यसको प्रभाव सुनमा पर्यो । त्यसकारण पनि सुनको मूल्य बढेको हो ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::