
आइतवार, असार १२, २०७९
एन.ए मिडिया
फोटो, भिडिओ त हामी सबैले खिच्छौं । आफूलाई मन परेका फोटो सामाजिक सञ्जालमा शेयर गर्ने तथा डाउनलोड गर्ने बानी प्राय हामी सबैको छ ।
फोटो डाउनलोड तथा शेयर गर्ने क्रममा कहिलेकाहिँ हामीले नसुनेका फोटोका फाइल फर्म्याट देखापर्छन् । र, फोटो कुन फाइल फर्म्याटमा डाउनलोड गर्ने भनेर हामी सोचमा पर्छौं ।
यस्तो जिज्ञासा तपाईंको दिमागमा पनि आएको हुनसक्छ । आज हामी तपाईँलाई फाइल फर्म्याटको आधारभूत जानकारी दिँदैछौ ।
१. जेपीईजी जेपीईजी (JPEG) को पूरा रुप जोइन्ट फोटोग्राफिक एक्पर्ट ग्रुप हो । यो सबैभन्दा चलेको फोटो फर्म्याट हो । क्यामेरामा फोटो खिच्न, वेबसाइट तथा सामाजिक सञ्जालमा फोटोहरु शेयर गर्न प्रायः जेपीईजी फर्म्याटको प्रयोग गरिन्छ ।
साथै यो फर्म्याटको फोटोलाई प्रिन्ट पनि गर्न सकिन्छ । राम्रो पक्ष भनेको यो फोटो फर्म्याट प्रायजसो सबै सफ्टवेयरले सपोर्ट गर्छन् ।
साथै साइज पनि सानो हुने भएकाले डिभाइसको स्टोरेज स्पेस पनि बचाउँछ । आवश्यकता अनुसार फोटोलाई कम्प्रेस पनि गर्न सकिन्छ । तर कम्प्रेस गर्दा फोटोको गुणस्तर भने घट्छ ।
२. टीआईएफएफ टीआईएफएफ (TIFF) को पूरा रुप ट्याग्ड इमेज फाइल फर्म्याट हो । यो फर्म्याट विशेषगरी राम्रो ग्राफिक्स चाहिने ठाँउमा प्रयोग गरिन्छ । यसको प्रयोग प्रायजसो ग्राफिक्स सम्बन्धी काममा गरिन्छ ।
यो फर्म्याट ग्राफिक्स आर्टिस्टहरुको बीचमा धेरै परिचित छ । यो फोटो फर्म्याट प्रयोग गर्नुको फाइदा भनेको यसमा फाइलको साइज नघटाई पनि आवश्यकता अनुसार कम्प्रेस गर्न सकिन्छ ।
यसले एउटै फाइल फर्म्याटभित्र धेरै फोटोहरु समेट्न सक्छ । त्यसैले यसको फोटो फर्म्याट अन्य फोटो फर्म्याटको भन्दा ठूलो हुन्छ । साथै यो फर्म्याट सबै डिभाइसले सपोर्ट पनि गर्दैन ।
३.पीएनजी पिएनजी (PNG) को पूरा रुप पोर्टेबल नेटवर्क ग्राफिक्स हो । यो फर्म्याट वेबसाइटमा तथा फोटोहरु इडिट गर्दा पनि प्रयोग हुन्छ । यसले गिफ फर्म्याटले भन्दा धेरै कलर सपोर्ट गर्छ ।
साथै पीएनजी फर्म्याटमा फोटोको साइज नघटाई कम्प्रेस गर्न सकिन्छ । यो फर्म्याटको साइज जेपीजीएस फर्म्याटको भन्दा ठूलो हुन्छ ।
त्यस्तै यसले सीमित कलर मात्र सपोर्ट गर्छ । यो फर्म्याट फोटो तथा टेक्स्टमा उपयोगी मानिन्छ । तर प्रिन्ट गर्नका लागि भने खासै राम्रो मानिँदैन ।
४. गिफ गिफ (GIF) को पूरा रुप ग्राफिक्स इन्टरचेन्ज फर्म्याट हो । यो वेबमा सबैभन्दा धेरै रुचाइएको फर्म्याट हो । विशेषगरी एनिमेटेड ब्यानर तथा हँसाउने मिमहरुमा यसको प्रयोग गरिन्छ ।
यो फर्म्याट प्रयोग गर्नुको फाइदा भनेको यसलाई सजिलै एनिमेट गर्न सकिन्छ । यसको लोडिङ समय पनि कम छ । तर यसले सीमित कलरलाई मात्र सपोर्ट गर्छ । पहिला यो फोटो फर्म्याट पेटेन्ट फ्री थिएन । तर अहिले यो पेटेन्ट फ्री छ ।
५. पीएसडी पीएसडी (PSD) को पुरा रुप फोटोसशप डकुमेन्ट हो । यो फोटोशप सफ्टवेयरमा प्रयोग गरिने फोटो फर्म्याट हो । फोटोशपका फाइलहरु यसै फर्म्याटमा सेभ गरिन्छ ।
यो फोटो फर्म्याट अहिले धेरै प्रिन्टरले पनि सपोर्ट गर्छन् । यो फर्म्याटमा भेक्टर तथा र्यास्टर फोटोमा पनि काम गर्न सकिन्छ ।
यो फर्म्याटमा धेरै फोटो समावेश गर्न सकिन्छ, त्यसैले यसको फोटोको फाइल साइज भने अलि ठूलो नै हुने गर्छ । यो फर्म्याटमा काम पर्दा गरिरहेको कामलाई प्रोजेक्टको रुपमा सेभ गरेर फेरि सजिलै काम गर्न सकिन्छ ।
६. रअ रअ (RAW) प्रोफेसनल फोटोग्राफरहरुले प्रयोग गर्ने फोटो फर्म्याट हो । यो फर्म्याटमा फोटो एकदमै राम्रा आउँछन् । त्यसैले हाइ क्वालिटीमा फोटो इडिट गर्न पनि सहज हुन्छ ।
तर यो फर्म्याटको प्रमुख समस्या भनेको यसको ठूलो फाइल साइज नै हो । साथै यो फर्म्याट सबै सफ्टवेयर तथा प्रिन्टरहरुले सपोर्ट गर्दैनन् ।
यो फर्म्याटका फोटोहरुको क्वालेटी फिल्महरु क्वालेटी जत्तिकै हुन्छ । यो फर्म्याटका फोटोहरु कम्प्रेस गर्न सकिँदैन । हरेक क्यामेरामा रअका आआफ्नै भर्जन हुन्छन् । अर्थात कुनैमा सीआर टु ,एन्ईएफ त कुनैमा डीएनजी हुन्छन् ।
७. ईपीएस ईपीएस (EPS) को पूरा रुप इनक्याप्सुलेटेड पोस्टस्क्रिप्ट हो । यो फोटो फर्म्याट भेक्टर आर्टवर्क, इलुस्ट्रेसन, लोगो तथा आइकनमा प्रयोग गरिन्छ । यो हरेक साइजमा प्रयोग गरिन्छ ।
साथै धेरै एपहरुले यो फर्म्याट सपोर्ट गर्छन् । ईपीएस फर्म्याटका फोटोहरुलाई सजिलै रास्टर फोटोमा परिवर्तन गर्न सकिन्छ । यो फर्म्याटको बेफाइदा भनेको यसलाई सबै इलुस्ट्रेसन एपमा इडिट गर्न सकिँदैन ।
८. एसभीजी एसभीजी (SVG) को पूरा रुप स्कालेबल भेक्टर ग्राफिक्स हो । यो फर्म्याट विशेषगरी वेब डिजाइनमा प्रयोग गरिन्छ । यो फर्म्याट थ्रीडी सफ्टवेयरमा प्रयोग गरिन्छ । यसले भेक्टर रास्टर तथा टेक्स्ट पनि सपोर्ट गर्छ ।
यो फर्म्याटमा एनिमेसन पनि राख्न सकिन्छ । यसलाई सजिलै अप्टिमाइज गरेर फाइल साइज परिवर्तन गर्न सकिन्छ ।
यसको अर्को फाइदा भनेको यसलाई सजिलै लिङ्क तथा सीएसएस बिना एचटीएमएलमा लिङ्क गर्न सकिन्छ । तर हाई कलर डेफ्ट भएका फोटोहरुका लागि भने यो फर्म्याट उपयुक्त हुँदैन ।
९. पीडीएफ पीडीएफ (PDF) को पूरा रुप पोर्टेबल डकुमेन्ट फर्म्याट हो । यो विशेषगरी डकुमेन्टहरुमा प्रयोग गरिने फर्म्याट हो । साथै प्राय सबै प्रिन्टरले सपोर्ट गर्ने फोटो फर्म्याट पनि हो ।
यो फर्म्याटले भेक्टर ग्राफिक्स, रास्टर ग्राफिक्स तथा टेक्स्ट पनि सपोर्ट गर्छ । यसले धेरै पेज सपोर्ट गर्छ । साथै यसमा अरुलाई आकर्षित गर्न विभिन्न एनिमेसन पनि राख्न सकिन्छ । तर यसले विन्डोज तथा म्याकमा मात्र काम गर्छ ।
१०. बीएमपी बीएमपी (BMP) को पूरा रुप विट म्याप इमेज हो । यो फोटो फर्म्याट अहिले त्यति प्रयोगमा छैन । यो माइक्रोसप्टले बनाएको फर्म्याट हो । यसमा फोटोलाई कम्प्रेस गर्न सकिँदैन । साथै यसको फाइल साइज पनि ठूलो हुन्छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया