
बुधबार, असार १, २०७९
इन्डियामा भाजपा का प्रवक्ताले पैगम्बर मोहम्मदमाथि गरेको टिप्पणीबाट सुरु भएको विवाद भारतलगायत धेरै देशमा फैलिएको छ ।
पैगम्बरमाथि गरेको टिप्पणीको विरोधमा कुवेतमा प्रदर्शन भएको थियो । जसमा त्यहाँको सरकारले कडा अडान लिएको छ ।कुवेतको फहिल क्षेत्रमा केही आप्रवासीले नुपुर शर्माको बयानको विरोधमा नाराबाजी गरेपछि कुवेत सरकारले उनीहरूलाई पक्राउ गर्न निर्देशन दिएको छ ।
स्रोतका अनुसार विरोध गर्नेहरूलाई कुवेतबाट देश निकाला गरिने छ। किनभने उनीहरूले देशको नियम र कानुनको उल्लंघन गरेका छन्। वास्तवमा, कुवेतको कानून अनुसार, देशमा आप्रवासीहरूले धर्ना वा प्रदर्शनमा भाग लिन वा आयोजना गर्न गैरकानूनी छ।
घटनाको भिडियो सार्वजनिक भएपछि कुवेतका सरकारी अधिकारीहरूले आप्रवासीलाई पक्राउ गर्ने प्रक्रिया पूरा गरिरहेका छन् । देशको डिपोर्टेशन सेन्टरले सबै विदेशीलाई देश निकाला गर्ने काम गरिरहेको छ । कुवेतमा सबै आप्रवासीहरूलाई पुन: प्रवेशमा पनि प्रतिबन्ध लगाइनेछ।
सरकारले कुवेतमा रहेका सबै प्रवासीले कुवेतको कानुनको सम्मान गर्नुपर्ने र कुनै पनि प्रकारको प्रदर्शनमा भाग लिन नहुने बताएको छ ।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया