कुवेतमा भारतीयले नेपाली चेलीमाथी कर्तव्य ज्यान

बुधबार, कार्तिक २६, २०७७

कुवेतमा भारतीयले नेपाली चेलीमाथी कर्तव्य ज्यान

कुवेतमा एक भारतीयले कर्तव्य ज्यान गरेको नेपाली महिलाको पहिचान भएको छ । मृत्यु भएकी नेपाली महिला लमजुङ स्थायी घर भएकी जमुना बिक रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मृतकको विवरण हेर्दा उनी गैरकानुनी बाटो हुदैँ भारतबाट कुवेत आएको पाइएको छ । उनको नेपालमा आफन्तसंग सम्पर्क भैसकेको जनाउदै कानुनी प्रक्रिया पुरा गरेर लाश स्वदेश पठाइने दूतावासले जनाएको छ । कुवेतको एक अपार्टमेन्टमा बस्दै आएकी उनको गत अक्टोबर २१ तारिखमा कर्तव्य ज्यान गरिएको अवस्थामा लाश भेटिएको थियो ।

उनको कर्तव्य ज्यानको आरोपमा पक्राउ गरिएका भारतीय नागरिकले आरोप स्वीकार गरिसकेका छन् । पक्राउ परेका ती व्यक्तिले आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग लागेको थाहा पाएपछि घटना गराएको प्रहरी समक्ष बयान दिएका थिए।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


Copyright © 2015 ::NA Media Pvt. Ltd.::