कुवेत मा अगष्ट १ बाट ब्यबसायिक उडान खुल्ला गर्ने तयारी

बिहिबार, असार १८, २०७७

कुवेत मा अगष्ट १ बाट ब्यबसायिक उडान खुल्ला गर्ने तयारी

कुवेत सरकारले आगमी अगष्ट १ बाट ब्यबसायिक उडान खुल्ला गर्ने तयारी थालेको छ । अरब टाइम्सका अनुसार कुवेतले दैनिक १२० देखि १३० वटासम्म उडान हुने जनाएको छ ।

छुट्टीमा रहेका नेपाली लगायत अन्य आप्रबासी कामदारले कुवेत प्रवेश गर्दा अनिवार्य रुपमा पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नु पर्ने र परिक्षणको खर्च आफैले ब्यहोर्नु पर्ने जनाएको ।

अगष्टको १ बाट ब्यबसायिक उडानहरू सुचारू गराउने र शुरूवाती चरणमै दैनिक १२० देखी १३० वटासम्म उडान गराउने तयारी कुवेत सरकारले थालेको अरब टाइम्सले जनाएको छ ।

कुवेत सरकारले ३ चरणमा उडान ब्यबसायिक खुलाउने जनाएको छ । पहिलो चरणमा अर्थात आगमी अगष्ट १ बाट दैनिक ८ देखी १० हजार यात्रु उडाउने लक्ष्यसहित दैनिक १२० देखी १३० वटासम्म उडान गर्ने भएको छ ।दोस्रो चरणको शुरूवात करिव ६ महिनापछि अर्थात आउदो फेब्रुअरी १ बाट हुनेछ भने उक्त अवधिमा दैनिक २० हजार यात्रुले उडान भर्न सक्ने गरी २०० वटा सम्म उडानहरू भर्न दिइने अरब टाइम्सले जनाएको छ ।

तेस्रो चरणको उडान झण्डै १ बर्ष पछि शुरू हुनेछ भने त्यस समयमा ३० हजार यात्रुले आवतजावत गर्ने पाउने छन् ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::