
शुक्रबार, कार्तिक ४, २०७९
एन ए मिडिया न्युज डेस्क
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरेका छन।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उहाँले जिकिर गर्दै गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने बताए ।
गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उनले एक–आपसमा संका र बेमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भनि सचेत गराएका छन । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ’–देउवाले भने , प्रचण्ड जिलाई पनि विश्वास दिलाउनु छ । संका उपसंका नगरौं ।
प्रधानमन्त्री देउवा बोल्नुअघि कार्यक्रमा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलभित्र घात हुन सक्ने भन्दै सचेत गराएपछि उनले यस्तो बताएका हुन।
Copyright © 2015 ::NA Media Pvt. Ltd.::
तपाईको प्रतिक्रिया