‘के घर के डेरा’को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

बिहिबार, कार्तिक ३, २०७९

एन ए मिडिया न्युज डेस्क

‘के घर के डेरा’को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

अहिलेको समयमा फिल्म बनाउनभन्दा दर्शकसम्म फिल्मको जानकारी पुर्‍याउन सबैभन्दा बढी मिहिनेत गर्नुपर्छ । यसका लागि मेकरहरुले अनेक उपाय अपनाइरहेका हुन्छन् । कसैले सांगीतिक कार्यक्रमको साहरा लिन्छन् भने कसैले केही प्रतियोगिता आयोजना गरेर दर्शक आकर्षित गर्दै आएका छन् । पछिल्लो समय दर्शकसम्म पुग्ने एउटा गतिलो माध्यम टिकटक बनेको छ । फिल्मलाई दर्शकको ठूलो वर्गमा पुर्‍याउन रिलिज उन्मुख फिल्महरुले गीत तथा अन्य कन्टेन्टमाथि टिकटक प्रतियोगिता आयोजना गर्ने गरेका छन् । यसैक्रममा, यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा’ले पनि दर्शकलाई लोभ्याउनका लागि टिकटक प्रतियोगिता घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन फिल्मको शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

Copyright © 2015 ::NA Media Pvt. Ltd.::