कोरोना भाईरसको बड्दो आतंक- संयमित बनौं, सुरक्षित बनौं।

मङ्लबार, फाल्गुन २७, २०७६

टिका के. सी - सम्पादक

कोरोना भाईरसको बड्दो आतंक- संयमित बनौं, सुरक्षित बनौं।

चिनबाट फैलिएको नोबेल कोरोना( कोभिड-१९) भाईसरबाट आजसम्मको तथ्याङ्क अनुसार चार हजार भन्दा बढिले ज्यान गुमाई सकेका छन। बिश्व भरिमा करिब १ सय ५५ राष्ट्रमा फैलिईसकेको कोरोना भाईरसको कारण २३ देशमा संक्रमित बिरामीले ज्यान गुमाई सकेका छन। करिब १ लाख १४ हजार ४२२ जनामा देखिएको कोरोना भाईसर दिनानुदिन संक्रमणको स्थिती बड्दो छ।

बिश्व स्वास्थ्य संगठन ( WHO) ले नै आपतकालिन स्वास्थ्य स्थिती घोषणा गरिसकेको अवस्थामा संक्रमित चिन र जापानका कारण बिश्व अर्थतन्त्रमा नै ठुलो असर परेको छ। भने कतिपय मुलुकहरुमा आवागमन तथा बह्रिगमन नै बन्द गरिएका छन जसका कारण बिभीन्न देशका उडानहरु रद्द गरिएका छन।

खाडी मुलुकहरुमा पनि कोरोनाको प्रकोप फैलिए सँगै कतारमा नेपाल लगाएत अन्य १४ मुलुकहरुलाई अनिश्चित कालिन प्रवेशमा रोक लगाएको छ। साउदी अरबले पनि कोरोना संक्रमित अन्य मुलुक भएर आउने यात्रुहरुलाई प्रबेश निषेध गरे पछि हिजो काठ्माण्डौ बाट दुबई हुदै साउदीको लागी निर्धारित फ्लाई दुबईको उडान रद्द भएको छ जसबाट साउदी हिडेका १ सय ६३ जना नेपाली श्रमीक अन्यौलतामा परेका छन।

यसरी प्रवेशमा अनिश्चित कालिन रोक लगाईएका खाडी मुलुकहरुमा बिदामा गएर फर्केका नेपालीहरु लाई प्रतक्ष्य असर पर्न जाने देखिन्छ। निर्धारित भिषा अवधि भित्र नै प्रबेश गर्नु पर्नै कानुन रहेको हुन्छ। यस्तो अबस्थामा सरकार गम्भिर हुनु जरुरी छ। दुई देशको सरकार बिच उच्चस्तरिय बार्ता गरि यस आपतकालिन समयको समाधान निकाल्न जरुरी छ।

रोजगारीको शिलसिलामा खाडी मुलुकमा कार्यरत नेपाली श्रमीकहरुले धेरै लामो समय खाडीमा बिताई सकेका छन। एउटै कम्पनीमा लामो समय सम्म काम गरिरहदा उक्त श्रमिकले सो कम्पनिमा पाउने उपदान पनी ठुलै रकम रहेको हुन्छ। बिश्व नै आतंकित बनाएको यस कोरोनाबाट संक्रमित १ लाख १४ हजार ४ सय २२ मध्ये ६४ हजार ८१ जना निको भैसकेका छन यसबाट पनि के प्रमाणित हुन्छ भने कुल संक्रमित मध्ये ५६ प्रतिशत लाई निको भैसकेको छ । भने ५ हजार ७७१ जना उपचारार्थ छन।

वनको बाघले भन्दा मनको बाघले छीटो खान्छ भने झै बिभीन्न सामाजिक संजालमा फैलाईएका प्रचारबाजीका पछाडी नलागी आफु कसरी सुरक्षित बन्न सकिन्छ भनेर सजकता अपनाउनु जरुरी छ। सान्यतय १००.४ भन्दा माथी ज्वरो आउने, घाँटी अथवा टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या आउने जस्ता लक्षणहरु कोरोना भाईरसका हुन । भाईरस अदृश्य हुने हुदा राम्रो सँग साबुन पानीले हात धुने,माक्सको प्रयोग गर्ने, घाँटी दुख्ने या ज्वरो आउने भएका अस्पताल जाने, पशुपंक्षी बाट टाडै रहने, रुघा खोकी लाएको ब्याक्ति संग नजिक नबस्ने, मासुजन्य प्रदार्थ राम्रो सँग पकाएर खाने, भिडभाड भएको ठाँऊमा नजाने गरेमा कोरोना भाईरस बाट बच्न सकिन्छ।

सामाजिक संजालहरुमा संक्रमित तथा मृत्यु भएको समचार संप्रेसण गर्नु भन्दा भन्दा पनि बढि निको भैसकेका तथा जनचेतना मुलक सामाग्रीहरु संप्रेसण गरि यो बिकराल स्थितीबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं।

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::