कोरोना भाईरस बिरुद्दको लडाई:लकडाउन साथै यसो गरे मात्र…

सोमवार, चैत्र १७, २०७६

श्री कृष्ण श्रेष्ठ 'धौबजी'

कोरोना भाईरस बिरुद्दको लडाई:लकडाउन साथै यसो गरे मात्र…

बिश्व अहिले कोरोना भाईरस को सन्त्रासमा रहेको छ।चीन को बुहान शहर बाट सुरु भएको कोरोना भाईरस को संक्रमण ले के बिकसित,के अविकसित बिश्वका अधिकांश मुलुकहरु लाई आफ्नो चपेटा मा पार्दै ल्याएको देखिन्छ।अहिले सम्म पनि सो भाईरस को उपचार बिधि पत्ता लगाउन बिश्व सफल भएको देखिन्न भने पछिल्लो दिन भाईरस संक्रमितहरु को संख्या उल्लेख्य संख्यामा बढ्दै गएको देखिन्छ अर्को तर्फ सानो सुखद त्यान्द्रोरुपी बात के हुन सक्छ भने करिब एक तिहाई बिरामीहरु स्वास्थ लाभ गरि फर्की सकेको देखिन्छ...

कोरोना भाईरस ले विश्वब्यापी रुप धारण गरे संगै बिभिन्न मुलुलहरु ले सो रोग फैलिन नदिन क्वारेन्टाइन,आईसोलेसन,लकडाउन याने रोकथाम र संक्रमितहरु लाई उचित उपचार याने नियन्त्रण हेतु अनेकन उपायहरु अबलम्बन गरिंदै आएको देखिन्छ।

पछिल्लो समय बर्तमान बिश्वको महाशक्ति मुलुक अमेरिका देखि युरोपका मुलुकहरु कोरोनाको दुस्चक्रमा फस्दै गएको देखिन्छ भने खाडीका मुलुकहरु मा दिनानुदिन संक्रमितको संख्यामा इजाफा हुदै गएको देखिन्छ त्यस बिपरित कोरोना भाईरस को मुहान छिमेकी मुलुक चीन मा नियन्त्रणको दिशामा बढी रहेको रिपोर्ट बाहिरिदै गर्दा अर्को छिमेकी मुलुक भारत संक्रमणको अर्को केन्द्र बन्ने हो कि भन्ने आशंकामा कठोर नियन्त्रणको लडाई लडी रहेको छ साथै दक्षिण एसिया का अन्य मुलुकहरुमा समेत सो को दिशा फरक देखिन्न।अब फर्कौ नेपाल तिर...

नेपाल को सन्दर्भ मा कुरा गर्ने हो भने नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको मुलुक हुन् सक्ने तर्फ बिश्व स्वास्थ संगठन ले समय समय मा चेताउदै आएको थियो र छ पनि साथै समयक्रम ले सो लाई पुष्टी पनि गर्दै गएको देखिने लक्षणहरु देखा पर्दै छन।एकातिर नेपाल सरकार ले पुर्ब घोषित एक हप्ते लकडाउन को घोषणा लाई अर्को एक हप्ता लम्ब्याई चैत २५ सम्म पुर्याएको छ भने कोरोना संक्रमितहरु संख्यामा पनि वृद्धि हुदै गएको देखिन्छ अझ अर्को समाज ले बुझ्न नसकेको पाटो के देखिन्छ भने विदेश बाट फर्केका,कोरोना को जस्तै लक्षण बोकेर कोरोना बिशेष अस्पतालमा भर्ना भएका अर्को ४ जना ले यो संसार छोडीसकेका छन,हुन त ति प्राय मृत्यु हुने को रिपोर्ट नेगेटिभ आएको बाहिरिएको देखिन्छ।

नेपाल सरकार ले कोरोना भाईरस को संक्रमण लाई रोक्न,नियन्त्रण गर्न,फैलिन नदिन लकडाउन लाई मुख्य अस्त्र मानेर अघि बढेको देखिन्छ।एक अर्थमा बिश्वब्यापी रुपमा कोरोना भाईरस बिरुद्धको लडाई लाई केलाउने हो भने सो भाईरस संक्रमित व्यक्ति बाट अर्को व्यक्तिमा सर्न नदिने सर्बोतम उपाय नै मान्नु पर्छ यधपी लकडाउन मात्र सो भाईरस बिरुद्ध लड्ने उत्तम उपाय हो भन्ने सोच्ने हो भने त्यसले आशातित सफलता पाउन सक्ने,कोरोना भाईरसको खतरा लाई निमिट्यान्न पार्न किमार्थ सफल भएको देखिन्न।

कोरोना भाईरस समन्धमा दुनिया ले बुझेको कुरा के हो भने यो भाईरसको संक्रमित दर निकै उच्च रहेको छ,एकै व्यक्ति ले समेत हजारौ मा सार्न सक्छ,संक्रमितको संगत,आसपास उसले छोएको चिजबस्तुको सम्पर्कमा आउँदा पनि सर्न सक्छ,यो स्थानीय रोग नभई आयातित रोग हो, जुन व्यक्ति मार्फत उडेर,गुडेर या हिडेर आउँन सक्छ।जसको रोकथामको सर्बोतम उपाय भनेको त्यस्तो संक्रमित व्यक्ति लाई व्यक्ति/समाज बाट अलग्याई उपचार गर्नु पर्छ,जसले गर्दा अरुमा सर्न नपावोस।सो क्रम संक्रमित हरेक व्यक्ति मा लागु हुन्छ चाहे सुरुमा संक्रमित होस या संक्रमित बाट ग्रहण गरि संक्रमित नै भएको किन नहोस।अहिले को समय मा सो बाहेक अन्य उपाय छैन।

नेपालको सन्दर्भमा लकडाउन ले कम्तिमा जनमानस मा कोरोना भाईरस समन्धी माथिको तथ्य बुझ्न बुझाउन मद्द्तगार भएको देखिन्छ तर संक्रमितहरु को पहिचान मा देखिएको कमजोरी पन ले लकडाउन को उपादेयता मा केहि कमि ल्याउने जोखिम देखिन्छ।लकडाउन साध्य होइन सहयोगी मात्र हो।मुख्य कार्य त संक्रमितहरु को पहिचान हो जसको लागी कोरोना परिक्षण ब्यापक रुपमा हुनु पर्छ,कोरोना संक्रमित संगको संगतमा रहेकाहरु को पहिचानमा बिशेष ध्यान दिनु पर्छ।यसरि ध्यान दिंदा कुनै कमि कमजोरी बिना सख्त नीति अङ्गीकारगरि अघि नबढे सम्म ढुक्क हुने अवस्था आउदैन।

कोरोना भाईरस को नियन्त्रणको हेतु व्यक्ति स्वयम् या समाजको पनि दायित्व महत्वपूर्ण हुने देखिन्छ।व्यक्ति ले स्व-नियन्त्रित नियमहरुको पालना मुख्य पाटो हो भने अर्को तर्फ समाज ले भाईरस नियन्त्रण हेतु मुख्य भूमिका खेल्नु पर्छ।नेपाल कै प्रसङ्गमा नेपाल सरकार ले लकडाउनको घोषणा गरेको छ,स्वागत योग्य कदम हो तर प्रशाशन को आँखा छलेर पालन नगर्ने व्यक्ति लाई समाज ले अभिमुखीकरण को दिशामा पहल गरिदो हो भने कतिपय क्षेत्रमा नाम मात्रको लकडाउन नहुँदो हो अर्को तर्फ केहि आई लागे आफ्नै खति हुँदा पनि खतरा संग पैठजोरो खेल्न रुचाउने मनुवा को मनोदशा आफै मा अध्ययनयोग्य हुन सक्छ...

बास्तव मै भन्ने हो भने कोरोना बिरुद्द को अभियान मा सबै पक्षको जिम्मेवार भूमिका हुन्छ  सरकारी पक्षको भूमिका नीति निर्माण/निर्देशन/नियमन/अभिपालनकर्ता हो हुन्छ समाज को भूमिका समाज लाई भाईरस को जोखिम बाट बचाउन सचेतनाकर्ता को भूमिका हुन्छ साथै व्यक्तिगत भूमिका केलाउदा भाईरसको संक्रमन लाई रोक्न मुख्य भूमिका हुन्छ सरकार ले निर्देश गरेको नीति नियम,समाजको नियमनमा रही व्यक्ति आफै सचेत भई स्व-आत्म अनुशाशन नै सर्बोतम कार्य हुन्छ।जुन कुराहरु बिश्वब्यापी रुपमा सबैमा लागु हुन्छ।

अन्त्यमा,

कोरोना भाईरस बाट बच्न,संक्रमण फैलिन नदिन,रोकथाम गर्न लकडाउन लगायतका प्रकियाहरु  मान्य उपायहरु प्रक्रिया हुन् तर जरै देखि उखेल्न,लामो समय कोरोनाको डर बाट बच्ने हो भने बिश्वमा कोरोना भाईरस को रोकथाममा सफलता पाएका मुलुकहरु बाट शिक्षा लिई अधिकतम परिक्षण/संक्रमितहरु को पहिचान र तिनीहरु लाई अलगै राखी उपचार बिधि अपनाउनुको अर्को बिकल्प छैन।नेपाल मा नेपाल सरकार ले चाल्दै गरेको कदम छुट्टै लेख को बिषय हुन् सक्छ।

एक आम नागरिक को तर्फ बाट भन्नु पर्दा लकडाउन को समयाबढी मा कोरोना भाईरस को संक्रमण बाट पार पाउन अहिले हुदै गरेको पहल लाई थप प्रभाबकारी रुपमा अघि बढाउनु पर्दछ।  एक निश्चित समयावधि भन्दा बढी समयको लकडाउन सधै व्यहोर्न सम्भब न राज्य न जनता लाई हुन्छ।कोरोना रोकथामको लागी सधै यस्तो अनुकुल मौका आउन्न नि त्यहि भएको ले समय छदै अधिकतम प्रयास गरौ।सबै मिलेर कोरोना भाईरस बिरुद्द...

यस बीच मा कोरोना बिरुद्द उपचार बिधि पत्ता लागे अझ बेश...

जय होस्

सम्बन्धित

Related Posts

तपाईको प्रतिक्रिया

प्रतिकृया दिनुहोस

Your email address will not be published. Required fields are marked *


पोपुलर


Copyright © 2015 ::NA Media Pvt. Ltd.::